सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निलम्बित लोकमानले राजीनामा गरेको भेटियो

lokman-singh-karki

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले आठ वर्षअघि आफूमाथि कारबाही नटुंगिँदै योजना आयोगको विशेष अधिकृत पदबाट राजीनामा गरेको भेटिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतबाट प्राप्त कागजात अनुसार कार्कीले आफुबिरुद्ध कारबाही चलिरहेका बेला राजीनामा गरेको पाईएको छ ।

सामान्य प्रशासन मन्त्रालयले कारबाही गर्ने क्रममा लोकसेवा आयोगमा परामर्शका लागि पत्राचार गरेकै अवस्थामा कार्कीले २०६५ भदौ २५ गते राजीनामा गरेको पाईएको छ ।

कार्कीको उक्त राजीनामा २०६५ असोज ४ मा स्वीकृत भएको थियो । भूकम्पका कारण हराएको भनी सर्वोच्चलाई जवाफ पठाएको प्रधानमन्त्री कार्यालयले सर्वोच्चले कारबाहीको चेतावनी दिएपछि उक्त फाइल भेटाएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्