सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उतिबेला मजा गरे, अहिले पोल खोल्नुको के अर्थ ?

भारतीय गायक लक्की अलीले मीटू अभियानबारे प्रतिक्रिया दिँदै यौन उत्पीडनको वर्षौंपछि महिलाले मुख खोलेकोमा प्रश्न गरेका छन् । उनले सोधे–‘जब यस्तो भयो त्यतिबेला चाहिँ किन मुख खोलिएन ?’

IANS लाई दिएको अन्तर्वार्तामा लक्की अलीले भने–‘महिलाले पहिले नै मुख खोल्नु पर्दथ्यो । नराम्रो कुरा सार्वजनिक भएरै छाड्छ । अब के गर्न सकिन्छ, सबैले मस्ती गरेका छन, पोल भने अहिले खुल्दै छ । यो निकै हास्यास्पद छ । अर्थात, ममाथि यो भएको थियो, यस्तो घटना भएको थियो भनेर सबैलाई अहिले याद आइरहेको छ । जब दुर्घटना भयो तब कसैको किन मुख खुलेन ?’

उनले थपे, ‘गलत कुरा सार्वजनिक भएरै छाड्छ, चाहे त्यसलाई जतिसुकै लुकाउन प्रयास गरियोस् । अझ अहिलेको जमानामा त भएरै छाड्छ किनभने प्रविधीले यति चाँडै परिवर्तन ल्याइदिएको छ । मानिसहरु जो रातमा काम गरिरहेका छन् उनीहरुको दिन रात हुन्छ र रात दिन हुन्छ । जमाना अब परिवर्तन भएको छ ।’

सोसल मिडिया ट्रोलिङबाट उनीहरु कसरी बच्ने ? यसको जवाफमा लक्की अली भन्छन–‘सोसल मिडिया ट्रोललाई ह्यान्डल गर्नुपर्छ । कहिलेकाँही मानिसहरुको प्रतिक्रियाले भावुक बनाउँछ । ट्रोलरलाई त हामी उनीहरुकै शब्दमा जवाफ दिन्छौं ।’

फिल्ममा फिर्ता हुनेबारे उनले भने–‘आज फिल्ममा मेरो काम गर्ने मूड छैन । बलिउडमा केही पनि छैन । मलाई मनपर्ने भूमिका नै छैन भने म कसरी काम गर्न सक्छु ?’

लक्की अलीले बलिउडका विभिन्न फिल्ममा गीत गाइसकेका छन् । उनले अभिनेताको रुपमा पनि फिल्ममा काम गरे । यद्यपी, पछिल्लो लामो समयदेखि उनी बलिउडबाट टाढा छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्