सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मिस वल्र्डमा श्रृंखलालाई भोट गर्ने आज अन्तिम दिन

मिस वल्र्डको फाईनल प्रतिस्पर्धा हुने दिन जति नजिकिँदै छ त्यति नै मिस वल्र्डप्रति नेपालीहरुको उत्सुकता बढ्दै गएको छ । यसपाली मिस नेपाल श्रृंखला खतिवडाको मिस वल्र्ड बन्ने सम्भावना बलियो भएकाले पनि मिस वल्र्डप्रति नेपालीहरुको चासो अँझ बढेको हो ।

मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्डको हालसम्म भएका बिभिन्न प्रतिस्पर्धा पार गर्दै भोटिङ राउन्डमा पहिलो स्थानमा रहेकी छिन् । चिनको सान्यामा भईरहेको ‘मिस वल्र्ड २०१८’ प्रतियोगितामा अहिले भोटिङ चलिरहेको छ । भोट गर्ने आज अन्तिम दिन हो ।

उत्कृष्ट ३० को सुचीमा परेर सेमिफाईनलको यात्रा तय गर्दै भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले हालसम्मको गणनाअनुसार कुल भोटमध्ये ३७.०४ प्रतिशत पाप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी मंगोलियका सुन्दरीले १०.७८ भोट प्राप्त गरेकी छन् ।

मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ । विभिन्न युट्युव च्यानल र सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा शृंखला उत्कृष्ट एकदेखि पाँच स्थानमा परेकी छन् ।

उनी यसवर्ष मिस वल्र्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति भाषभन्दा धेरै अगाडि छिन् । ‘ब्युटी विथ परपस’ भन्ने नारासहित नेपालको प्रतिनिधित्व गरेकी शृंखलाले मुलुकलाई चिनाउन विभिन्न तरिका अपनाएकी छन् ।

पेसाले इन्जिनियर शृंखलाको परिचय राउन्डको भिडियो पनि भाइरल भएको छ । सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमा शृंखलाले नेपाललाई विश्व सामु चिनाउन निकै मेहेनत गरेकी छन् ।

मिस नेपाल बनेपनि मोडलिङ र चलचित्रमा अभिनय गर्ने सोच नभएको स्पस्ट पारेकी शृंखला नयाँ विषयका साथ मिस वल्र्डमा सहभागी भएकी छन् । उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमिकी शृंखलाको मिस वल्र्ड यात्रालाई निकै चासोका साथ हेरिएको छ ।

हालसम्मको अग्रता हेर्दा मिस नेपाल श्रृंखलाले मिस वल्र्डको मल्टिमिडिया अवार्ड पाउने निश्चित भएको छ । एन्ड्रोइड र आईफोन प्रयोगकर्ता दुबैले मोबस्टार एप्लीकेसनमा गएर भोट गर्न सक्नेछन् भने श्रृंखलाको फेसबुकमा लाईक, सेयर र कमेन्ट गरे पनि भोट काउन्ट हुनेछ ।

अहिलेसम्मको प्रतिस्पर्धा र बिभिन्न बिश्लेषणलाई हेर्ने हो भने मिस नेपाल श्रृंखला खतिवडा मिस वल्र्ड विजेता बन्ने सम्भावना निकै बलियो छ । यसको अन्तिम फैसला भने डिसेम्बर ८ मा मात्र हुनेछ । भोटिङपछीको अबको यात्रा भने श्रृंखला खतिवडाको प्रस्तुतीमा निर्भर रहनेछ ।

यस्तो छ, श्रृंखला खतिवडालाई भोट गर्ने तरिकाः

१. मोब्स्टार (Mobstar) नामक एप डाउनलोड गर्ने

२. कुनै पनि समाजिक सन्जाल एकाउन्टबाट लग इन गर्ने

३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने

४.निलो थोप्लो भएको प्रोफाइल श्रृंखलालाई फलो गर्ने (आइओएसमा पहेलो थोप्लो)

५. प्रोफाइल भित्र गइ फोटो, भिडियोलाई देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (औलाले सार्ने)

६. कमेन्ट गर्ने । कमेन्ट पनि भोटमा गणना हुन्छ

७. जतिसक्दो सेयर गर्ने

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS