मिस नेपाल श्रृंखला खतिवडा, सम्भावना, आशा र प्रतिक्षा
मिस नेपाल–२०१८ कि विजेता श्रृङ्खला खतिवडा यतिबेला चीनको सान्यामा जारी मिस वर्ल्ड (विश्व सुन्दरी)का कारण चर्चामा छिन् । नेपाली मिडिया मात्रै नभएर अन्र्तराष्ट्रिय मिडियाको समेत लाइमलाइटमा छाएकी श्रृंखला खतिवडा मिस वल्र्डको ६८ औँ संस्करणको फाइनलमा पुगेकी छिन् ।
नेपालीहरुको अत्याधिक मायाँ र भोटले नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो । उनले उपाधि जित्ने नजित्ने अन्तिम फैसला डिसेम्बर ८ मा तय हुन्छ । तर सामाजिक संजालमा भने मिस वर्ल्ड र श्रृङ्खला खतिवडा निकै चर्चाका विषय बनेका छन् ।
मिस वर्ल्ड (विश्व सुन्दरी)मा श्रृंखलाको बलियो दाबेदारीले पनि यसपाली मिस वलर््डको चर्चा अलि बढी भएको हुनुपर्छ । भोटिङतर्फको सार्बजनिक भएको नतिजालाई आधार मान्ने हो भने श्रृंखला खतिवडा मल्टिमिडिया अवार्डको हकदार बन्दै फाइनल (टप ३०) मा पुग्ने निश्चित छ । सम्भवत कुनै उलटपुलट हुनेवाला छैन ।
यसअघि टप मोडल कम्पिटिसनतर्फ फ्रान्सकी सुन्दरी र मिस ट्यालेन्ट अवार्ड जितेर जापानकी सुन्दरी टप ३० मा पुगिसकेका छन् । श्रृंखला यी दुवै प्रतियोगिताको फाइनल राउन्डमा परेकी थिइनन् । भोटिङमा भने यि दुबैलाई श्रृंखलाले उछिनेकी थिईन ।
मल्टिमिडिया अवार्डसँगै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा श्रृंखलाको बलियो उपस्थिति रहेको छ । यी तीन मध्ये कुनैमा पहिलो भएको खण्डमा उनी छोटो बाटोबाट टप ३० मा पुग्छिन् । अन्यथा निर्णायकहरुको हातमा हुन्छ ।
हेड टु हेड च्यालेन्जमा अघि बढ्न पनि श्रृंखलालाई भोटिङको आवश्यकता छ । यसमा १ सय २१ प्रतिस्पर्धीहरुलाई २० समुहमा विभाजन गरिएको छ । प्रत्येक ग्रुपमा एक जना विजेता भोटिङबाट छानिन्छन् । यसरी छानिएका २० जनाले मिस वल्र्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्छन् ।
श्रृंखलाको समुहमा अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका गरी ६ जना सुन्दरी छन् । हेड टु हेडमा दुई भाग हुन्छन् । पहिलो भागमा भिडियो प्रिजेन्टेसन हुन्छ भने दोस्रो भागमा निर्णायकले प्रश्न सोध्छन् ।
प्रश्नोत्तरको भिडियो सामाजिक सञ्जालमा आएपछि भोटिङ सुरु हुन्छ । त्यसपछि पब्लिक भोटमार्फत समुह विजेता हुने अर्को राउन्डका लागि छानिन्छन् । श्रृंखलाको हेड टु हेड भिडियो यूट्यूवमा आइसकेको छ । यसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
मिस वर्ल्ड (विश्व सुन्दरी) सम्बन्धी बिभिन्न अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले तयार पारेका रिपोर्टहरुमा मिस नेपाल श्रृंखला खतिवडा उत्कृष्ठ पाँचको सुचीमा अग्रपंक्तिमा आउँछिन् । रिपोर्टहरुको बिष्लेषन जस्तोसुकै भएपनि अबको यात्रा भनेको श्रृंखला खतिवडा स्वयंको प्रस्तुतीमा निर्भर रहनेछ ।
नेपालकी पहिलो मिस नेपाल (१९९४) रुवी रानाले मिस वर्ल्डमा श्रृङ्खला खतिवडा सहभागी हुनु र उनले विश्व सुन्दरीको ताज पहिरिनु नेपालकै लागि गर्वको विषय हुने धारणा राख्छिन् ।
उनी भन्छिन्–‘श्रृङ्खलाले विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर विश्व सुन्दरीको ताज पहिरिनु नेपालको लागि ऐतिहासिक उपलब्धी हुनेछ । यसले छायामा रहेको नेपाललाई केही हदसम्म भए पनि मिस वर्ल्ड श्रृङ्खला खतिवडाको देश भनेर विश्वसामु चिनाउने काम गर्छ । यो सबै नेपालीहरुको लागि गर्वको विषय हो ।’
सन् २००२ की मिस नेपाल माल्भिका सुब्बाले श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिएमा नेपाललाई बहुपक्षीय उपलब्धी हुने बताएकी छिन् । उनले भनेकी छिन्– ‘श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिनु भनेको नेपाललाई धेरै थरीको फाइदा हुनु हो । सबैभन्दा बढी त यसले नेपाललाई विश्वसामु चिनाउने काम गर्छ । पहिचानसँगै पर्यटन बढाउन पनि यसले मद्दत गर्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्