मिस वल्र्डमा डिसेम्बर ८ सम्मै श्रृंखलालाई भोट गरौँ
मिस वल्र्ड प्रतियोगितामा हुने भोटिङबारे धेरैलाई स्पश्ट जानकारी नहुँदा भ्रम भएको पाईएको छ । धेरैको बुझाईमा नोभेम्बर ३० सम्म मात्रै भोट गर्न पाईन्छ भन्ने भ्रम रहेको पाईयो । तर नोभेम्बर ३० सम्मको भोटिङ हेड टु हेड च्यालेन्जका लागी थियो ।
मल्टिमिडिया विधातर्फको भोटिङ डिसेम्बर ८ सम्म नै खुला रहन्छ । मल्टिमिडियामा जसको धेरै भोट आउँछ, उ सिधै फाईनलमा जान पाउँछ । तसर्थ डिसेम्बर ८ सम्म भोट गरी श्रृंखला खतिवडालाई फाईनलमा पुर्याउन सबैले सहयोग गर्नु आवश्यक छ ।
मिस नेपाल श्रृंखला खतिवडा चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगितामा समूह बिजेता हुँदै शुक्रबार ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी हुन् ।
श्रृंखलाले फेसबुकमार्फत एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । उनले आफु दोस्रो चरणको प्रिजिन्टेसनका लागि पनि तयार रहेको बताएकी छन् । उनले भिडियोमा भनेकी छिन्–‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु ।’
प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक–एक जना छानिएको हो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले अब एउटा प्रिजेन्टेसन दिनुपर्छ र त्यसैको आधारमा हेड टु हेडको टप १० मा पुगेपछि मिस वर्लडको टप ३० मा पुगिन्छ ।
श्रृंखला मल्टिमिडिया अवार्डको पनि बलियो दाबेदार छिन् । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा पनि उनी सिधै फाइनलमा प्रवेश गर्छिन् । मल्टिमिडिया र हेड टु हेड च्यालेन्जसँगै ‘ब्यूटी विथ प्रपोज’ मा पनि श्रृंखलाको बलियो उपस्थिति छ ।
श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ । बुझिराख्नुपर्ने कुरा के छ भने मिस वल्र्डमा अन्तिम दिन डिसेम्बर ८ सम्म नै भोटिङ खुला हुन्छ । स्मरण रहोस भोटिङमा पहिलो हुने सुन्दरी सिधै फाईनलमा जान पाउँछ ।
श्रृंखलालाई भोट गर्नका लागि निम्न चार विकल्पहरु छन्ः
१. उनको आधिकारिक मिस वल्र्ड पेज https://www.facebook.com/Miss-World-Nepal लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने ।
२ मिस वल्र्डको आधिकारिक वेबसाइट https://missworld.com/?fbclid मा गएर श्रृंखलालाई भोट गर्ने
३. मोबस्टार एपमा गएर त्यसमा श्रृंखला खतिवडाको आधिकारिक अकाउन्ट (निलो टिक लगाइएको) खोली उनले पोष्ट गरेका फोटोहरुलाई दायाँबाट बायाँ स्वाप गर्ने र कमेन्ट गर्ने
४. https://missvo.modelpowergd.com/en/?id=1&fbclid=IwAR3z मा गएर उनको फोटो लाइक गर्ने ।
श्रृंखला वरियताक्रम अनुसार १३ नम्बरमा छानिएकी छिन् । मिस वर्ल्ड २०१८ प्रतियोगिताको पहिलो नम्बरमा मोरिसस, दोस्रो नम्बरमा फ्रान्स, तेस्रो नम्बरमा भेनेजुएला, चौथो नम्बरमा फिलिपिन्स, पाँचौ नम्बरमा नाइजेरिया, छैँटौँ नम्बरमा बंगलादेश, सातौँ नम्बरमा चिली, आठौ नम्बरमा लेबनान, नवौँ नम्बरमा मलेसिया र दसौं नम्बरमा ग्वाडेलप देशका सुन्दरीहरु छानिएका छन् ।
यस्तै एघारौ नम्बरमा म्यानमार छन भने बाह्रौ नम्बरमा भारत रहेको छ। मिस नेपाल श्रृंखला खतिवडा भने तेह्रौ नम्बरमा छिन् । यस्तै चौधौं नम्बरमा सिंगापुर, पन्ध्रौ नम्बरमा थाइल्याण्ड, सोह्रौ नम्बरमा बुल्गेरिया र सत्रौ नम्बरमा मेक्सिको रहेका छन् भने अठारौ नम्बरमा ट्रनिड्याड एण्ड टोब्याको, उन्नाइस नम्बरमा अर्जे्न्टिना र बीसौ नम्बरमा युगान्डाका सुन्दरीहरु छानिएकी छिन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्