घाँटीमा पैसा अड्कीएर २ बर्षिय बालकको मृत्यु
पर्साको वीरगञ्ज महानगरपलिका–३० प्रसुतीपुर बस्ने रबिन्द्रराय यादवको २ वर्षीय छोरा शिवकुमार यादवको सिक्का पैसा मुखमा अड्किएर मृत्यु भएको छ ।
शनिबार बिहान खेल्ने क्रममा घाँटीमा सिक्का अड्किएर अशक्त भएका शिवकुमारको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मुत्यु भएको हो ।
बेला बेला घाँटीमा पैसा या यस्तै सारो चिज अड्कीएर बच्चाको ज्यान जाने गरेको हुँदा सबै अभिभावक सचेत रहनुपर्ने देखिएको छ । बच्चालाई सिक्का पैसा भुलेर पनि खेलाउन दिनु ठुलै गल्ति हुने यस्तै घटनाहरुले सावित हुने गरेका छन् ।
केही समय पहिले घाँटीमा बेलौँती अड्कीएर बालकको ज्यान गएको समाचार सार्बजनिक भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्