सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साउदीमा ६२ नेपाली अलपत्र, उजुरी दिने गायव

saudi-arabia

साउदी अरबको जुवेल स्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् ।

पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । ती कामदारलाई काठमाडौं स्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको थियो ।

रियाद स्थित नेपाली दुताबासले कम्पनीले कामदारलाई काम दिन नसकेको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालय र वैदेशिक रोजगार बिभागलाई सिफारीस गरेको छ ।

कम्पनीका मालिक महमद सदले दुताबासमा उजुरी दिन गएका रामचन्द्र ढुंगाना र जसिबिर नाल्वेलाई अज्ञात स्थलमा लगेर राखेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्