सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अब ६० दिनमा मेलम्चीको पानि काठमाण्डौ पुग्ने !

सरकारले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आईपुग्ने दावी गरेको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिनभित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी सुरुङमा हाल्ने र त्यसको ६ दिनमा काठमाडौंका घरघरमा पानी पु¥याउने दावी गरेका हुन् ।

सचिव ठाकुरले मेलम्चीको पानी ल्याउने काममा कर्मचारीलाई उत्साही बनाउने वातावरण निर्माणमा सहयोग गर्न पनि समितिलाई आग्रह गरेका छन् ।

दसैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता पूरा गर्न नसकेकोमा माफी माग्दै सचिव ठाकुरले सुरुमा काठमाडौंको महाँकाल, नयाँबानेश्वर, अनामनगर, बालाजु, पानीपोखरी र बाँसबारीमा रहेको पुरानै ट्यांकीबाट पानी वितरण गरिने जानकारी दिएका छन् ।

 

पानी वितरणका लागि करिव एक हजार किलोमिटर पाईपलाईन विस्तारको काम अन्तिम चरणमा पुगेको बताउँदै सचिव ठाकुरले काठमाडौंमा पानी वितरण सुरु भएपछि मात्रै स्थानीयले क्षतिपूर्तिवापत मागेको रकम उपलब्ध गराउने योजना रहेको पनि उनले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS