सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पुलिसको गाडीमा पनि ‘सरकार भेटियो न्याय भेटिएन’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्याय माग्दै बनाईएको ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने लेखिएको पोष्टर प्रहरीकै गाडीमा टाँसेको छ ।

काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पस नेविसंघ इकाइले निर्मलाको फोटो भएको ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको पोस्टर प्रहरीको गाडीमा टाँसेका हुन् ।

नेविसंघ आरआर इकाइका सभापति सञ्जिव ढकालको नेतृत्वले मंगलबार बिहान क्याम्पसको मुलगेट अगाडि, प्रदर्शनीमार्ग, पुतलीसडक, भृकुटीमण्डपमा निर्मलालाई न्याय माग्दै पोस्टर टाँसेका थिए ।

नेविसंघ आरआर क्याम्पसका नेता उत्तम साउदका अनुसार पाँच सय वटा पोस्टर टाँसिएको हो । उनले भनेका छन्–‘निर्मलालाई न्याय माग्दै भित्ता र गाडीमा पोष्टर टाँसेका हौँ ।’

नेविसंघ आरआरकी नेतृ पूर्णिमा पराजुलीका अनुसार प्रहरीको भ्यानमा पनि निर्मलालाई न्याय माग्दै पोस्टर टाँसिएको थियो । उनले भनेकी छिन्–‘साथीहरूले प्रहरीको भ्यानमा पनि पोस्टर टाँस्नु भएछ । पहिले खासै अवरोध नगरेको प्रहरीले पोस्टर टाँसेपछि भने साथीहरुलाई लखट्यो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS