सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अल्लारे प्रेमले १३ बर्षमै गर्भवती, अहिले अप्ठेरोमा

सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध झन बढी गहिरो बन्न पुग्यो तर त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन स्याङ्गजा कि एक बालिका । सामान्य हासखेल भयो केटिको अरु सङ्गै विहे गराईदिने डरले बालिकालाई आफ्नो बनाउनकै लागि दुबैको सहमतिमै सम्बन्ध हुन पुग्यो र अल्लारे प्रेमले दुबै जनालाई अहिले अप्ठेरोमा पारेको छ ।

नाम र ठाउँ नभन्ने सर्तमा बालिकाले भनिन्–“हामी बिच प्रेम सम्बन्ध थियो, हामी एक अर्कालाइ छाड्न सक्दैनौ“ । बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफुले बच्चालाई जन्म दिने बताइन ।

उनलाई थाहै थिएन उनी आमा बन्न लागेको कुरा । उमेरले १३ वर्ष ८ महिना १० दिनकी भएकि बालिका विधालय जाँदा टाउको दुख्ने, पेट दुख्ने हुँदा उनलाई सिटामोल मात्र दिइयो । ३ महिना अगाडि विधालयकी एक शिक्षिकाले होमवर्क जाच्ने क्रममा पेट ठूलो देखेपछि मात्र गर्भवती हुन लागेको कुरा बाहिर आयो ।

परिवारको सम्पर्कमा भएको उनलाइ कुनै क्षति हुन नदिनको लागि आफुहरुले केयर सेन्टरमा राखेको थ्री एन्जल्स नेपालका प्रशासकिय सचिव भिम पौडेलले जानकारी दिए । पौडेलले भने–“केटा भारत गएको रहेछ, कास्की प्रहरीको सहयोगमा केटालाइ पोखरा ल्याइयो र अहिले उनलाई स्याङ्जा प्रहरीको जिम्मा लगाइएको छ ।’

कानुनले १६ वर्ष भन्दा मुनिका बालिकालाइ सहमतिमै सम्बन्ध भएपनी त्यसलाइ जवरजस्ती करणिकै मुद्वा लाग्ने कास्की प्रहरी प्रमुख ओम रानाले बताएका छन् । राणाले भने–‘उमेर पुगेपछी दुबैले विहे गर्ने भनेका छन, अहिले बालिका केयर सेन्टरमा रहेकि छन र केटा प्रहरी नियन्त्रणमा छ ।’

बालिकाको अवस्था सामान्य रहेको पश्चिमाञ्चल अस्पतालले जानकारी दिएको थ्रि एञ्जल्सका पौडेलले बताएका छन् । डाक्टरले मंसिर १७ गतेको समय दिए पनि अँझै बच्चा पाउन सकेकी छैनिन । उनले बच्चालाई जन्म दिए पनि पढाईलाइ भने निरन्तरता दिन सक्ने सचिव पौडेलले जानकारी दिएका छन् ।

हाँसखेलको क्रममा भएको गल्तिले गर्दा नै यस्तो अवस्था आउने गरेको उनिहरु बताउँछन । यस्ता घटनाकै कारण बालिकाहरुले आत्म हत्या समेत गर्न सक्ने पौडेलको भनाइ छ । विषय बस्तु अत्यन्तै संवेदनशिल भएकाले सबैले सहयोग गर्नु पर्ने उनले बताए । परिवारले समेत उनिहरुलाइ स्विकार्ने देखिएको छ ।

आफ्नो भविष्य बनाउने उमेरमै आमा बन्नु साँच्चिकै दयनिय छ । समाजमा सहमतिमै पनि असुरक्षित यौन सम्बन्धको कारण कतिले मृत्युलाई अँगालेका छन । कति घरबार बिहिन हुन पुगेका छन ।

नेपाली समाजमा अँझै पनि सुरक्षित यौन सम्पर्कको लागि अपनाइने साधन किन्न वा मेडिकल जान लजाउँछन । जसले गर्दा उनिहरुको भविष्य नै धरापमा पर्ने गरेको छ । यसका लागि सरकारले जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक देखिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS