सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यौन शोषणको आरोपमा पक्राउ परे गायक मिका सिंह

भारतीय गायक मिका सिंह एक १७ बर्षिय मोडेलमाथी यौन शोषण गरेको आरोपमा दुबईमा पक्राउ परेका छन् । यद्यपी उनलाई बिहिबार राति नै जमानतमा रिहाई भने गरिसकिएको छ । उनीमाथि १७ वर्षे ब्राजिलियन मोडलमाथि यौन शोषण गरेको आरोप लागेको हो ।

गल्फ न्यूजका अनुसार मिकाले ब्राजिलियन किशोरीलाई ह्वाट्सएपमार्फत एक अश्लील तस्बिर पठाएका थिए । त्यसपछि उनले दुबई पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।

मिकालाई बिहिबार दिउँसो तीन बजे दुबईको एक होटलबाट पक्राउ गरिएको हो । उनी मसाला अवार्डस् फङ्सन २०१८ मा सहभागी हुनका लागि दुबई गएका थिए । बिहिबार राती उनको दुबईको एक होटलमा कार्यक्रम थियो जसपश्चात् उनी भारत फर्किने तयारीमा थिए तर अब उनको भारत फिर्तीमा केही समय लाग्ने बताइएको छ ।

रिपोर्टका अनुसार मिकाले ब्राजिलियन मोडललाई बलिउडमा काम दिलाउने बाचा पनि गरेका थिए । मिकाले काउन्सलर एक्सेसको माग गरेका छन् । यूएई अर्थात् संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावास मिकालाई काउन्सलर उपलब्ध गराउने कोसिस गरिरहेको छ ।

जब घटना दुई देशबीचको हुन्छ तब आरोपीलाई काउन्सलर उपलब्ध गराइने प्रावधान छ । यूएईमा भारतीय राजदूत नवदीप सिंह सुरीले यसबारे जानकारी दिएका हुन् । उनलाई शुक्रबार अदालतमा पेश गरिनेछ । जहाँ यसको सुनुवाई हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्