नरपिचासले छाडेनन् पाँच बर्षिया बालिका पनि
बलात्कार नेपालमा अहिले फेसन जस्तो भईसक्यो । दिनहुँ आउने बलात्कारका समाचारले सुन्ने र पढ्ने मान्छेलाई पनि सामान्य जस्तो लाग्न थालिसक्यो । नेपाली समाजको मानसिकता कतिसम्म निर्दयी र अनियन्त्रित भएको छ भन्ने एउटा ज्वलन्त उदाहरण पाँच बर्षिय बालिका बलात्कारको घटनाले देखाएको छ ।
महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् । रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित बालिकामाथि शुक्रबार राति सामूहिक बलात्कार भएको हो ।
![](https://everestwall.com/wp-content/uploads/2018/09/child-rape.jpg)
बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएका बेला घरनजिकैको टहरोमा बालिकाको बलात्कार भएको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिएका छन् ।
बलात्कृत बालिकाको अहिले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बालिका बलात्कार आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्रेको छ ।
नियन्त्रणमा लिइएका ६ मध्ये देवदह नगरपालिका–६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेका छन् ।
अन्य ४ जनामाथि पनि अहिले अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घर्तीमगरले जानकारी दिए । ‘पक्राउ परेका २ ले अपराध स्वीकारिसकेका छन्’, प्रहरी निरीक्षक घर्तीमगरले भने, ‘अन्य ४ जनासँग पनि अनुसन्धान भइरहेको छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्