सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सर्वाधिक धनि सेलिब्रेटी सलमान, १३ औँ मा साहरुख

बलिउड अभिनेता सलमान खान लगातार तेश्रो वर्ष पनि सर्वाधिक धनी भारतिय सेलेब्रेटी बनेका छन् । उनी विश्वचर्चित पत्रिका फोब्सले निकालेको सूचिमा लागातार तेश्रो पटक परेका हुन् ।

बलिउडका अर्का सुपरस्टार शाहरुख खान भने सूचिको १० स्थान बाहिर पुगेका छन् । कुल सय भारतिय सेलेब्रेटीको सूचि फोब्स इन्डियाले निकालेको छ । उसले अक्टुबर देखी सेप्टेम्बरसम्म यी सेलेब्रेटीहरूले गरेको कमाइको आधारमा यो सूचि सार्वजनिक गरेको हो ।

सूचिका अनुसार सलमानले २५३.२५ भारू करोड कमाइ गरेका छन् । उनको यो कमाइ सिनेमा तथा विज्ञापन आदिबाट आएको हो । सलमानपछि यस सूचिमा स्टार क्रिकेटर विराट कोहली रहेका छन् । गत वर्ष दोश्रो स्थानमा रहेका शाहरूख भने यस वर्ष १३ औं स्थानमा झरेका छन् ।

यस वर्ष शाहरुखको कमाइ अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले घटेको उक्त पत्रिकाले दाबी गरेको छ । तेश्रो स्थानमा १८५ करोड भारू कमाउँदै अभिनेता अक्षयकुमार रहेका छन् ।

यसैगरी अभिनेत्री दीपिका पादुकोण ११२.८ करोड भारू कमाउँदै सूचिको चौथो स्थानमा परेकी छन् भने क्रिकेटर महेन्द्र सिंह धोनी पाँचौमा पर्दा आमिर खान (९७.५) , अमिताभ बच्चन (९६.१७), रणवीर सिंह (८४.७), सचिन तेन्दुलकर (८० करोड) तथा अजय देवगन (७४.५० करोड) क्रमशः १० स्थानसम्म रहेका छन् ।

यसैगरी सूचिको ११ औं र १२ औं स्थानमा शाहरूख खानलाई ए आर रहमान तथा आलिया भाटले पछी पारेका छन् ।

फोब्सको पूर्ण सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्ः

फेसबुकबाट कमेन्ट गर्नुहोस्