सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकारले जनवादी शिक्षाको अभ्यास गर्योः कांग्रेस

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीले आफ्नो सत्ता आएको मौका छोपेर शिक्षामा जनवादीकरण सुरु गर्न लागेको आरोप लगाएको छ । आसन्न महासमिति बैठकमा पेश गर्न तयार पारिएको राजनीतिक प्रस्तावमा सुनियोजित रुपमा माक्र्सवाद पढाउने काम गर्न लागिएको दाबी गरिएको छ ।

प्रस्तावमा कांग्रेसले भनेको छ–‘कतिपय विद्यालयमा नेपालका कम्युनिष्ट नेताहरुको तस्वीर पुस्तकको मुखपृष्ठमा नै छाप्ने, लोकतान्त्रिक शक्तिलाई अपमानित गर्ने र सुनियोजित रुपमा माक्र्सवाद पढाउने काम गर्न लागिएको छ ।’

केही स्थानीय तहहरुमा यस्तो पाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । सरकारले शिक्षक, प्राध्यापकलाई अपमानित गरेको तथा कम्युनिस्ट पार्टीले जितेका स्थानीय तहमा विचार नमिलेकै कारण सरुवा गरिएको नेपाली कांग्रेसको दाबी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्