नेपाल र भारत दुई शरिर आत्मा एउटैः आदित्यनाथ
सिता र रामको विवाहपञ्जमीमा सहभागी हुन नेपालको जनकपुरमा आएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारत दुई ओटा शरीर भए पनि आत्मा एक भएको बताएका छन् ।
सीता–राम विवाहपञ्चमी महामहोत्सवको अवसरमा जनकपुरको रंगभूमि मैदानमा आयोजित स्वयंवर समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री योगीले भने–‘नेपाल भारतको शरीर दुई भए पनि आत्मा एउटै छ । यी दुवै देशले एउटै साझा संस्कृतिको प्रतिनिधित्व गर्छन् ।’
त्रेता युगमा अयोध्याधाम र जनकपुरधाम मिलेपछि मात्रै राम राज्यको स्थापना भएको भन्दै उनले भने–‘जानकी बिना रामको कल्पनासमेत हाम्रो संस्कृतिले गर्दैन ।’
भारतीय प्रम नरेन्द्र मोदीले जनकपुर भ्रमणको क्रममा जनकपुरदेखि अयोध्याधाम सम्मको लागि बस सेवा प्रारम्भ गरेका थिए । सो सेवालाई उत्तरप्रदेश सरकारले निरन्तरता दिइराख्ने प्रतिबद्धता उनले जनाएका छन् ।
सत्ययुगमा रामले जुन मार्गबाट जानकीलाई लिएर अयोध्या गएका थिए, भारत सरकारले त्यस मार्गलाई नेशनल हाईवेको रुपमा विकसित गर्न गईरहेको जानकारीसमेत उनले सार्वजनिक गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्