सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नुवाकोटमा महिलाको बलात्कारपछी हत्या प्रयास

मंगलबार मध्यराती नुवाकोटको सदरमुकाम विदुर नगरपालिकामा एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने प्रयास भएको घटना सार्वजनिक भएको छ । बेलकोटगढीस्थित माइतिबाट फर्कँदै गरेकी ति महिलालाई गाउँकै एक पुरुषले बलात्कार गरेको खुलासा भएको हो ।

राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्ती करणीपछि हत्या प्रयास गरेको अभियोगमा पिडित महिलाले जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता गराएपछी घटना सार्बजनिक भएको हो ।

प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए । तर, वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन् ।

हाल उनको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । यता अभियुक्त नेपालीलाई बुधबार नै नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS