सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साना किसानको ऋण मिनाहा, किसानमा खुसियाली

केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद बैठकमार्फत साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयले किसानहरुमा खुशियाली छाएको छ । कतिपयले यसलाई तत्कालीन ९ महिने सरकारको बृद्ध भत्ता योजनाको शुभारम्भको जस्तै भनि प्रसंशा गरेका छन् । बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् ।

कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ । सरकारको यो निर्णयले कृषि विकास बैंकको ऋण तिर्न नसकेर थलिएका किसानलाई राहत महशुष भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्