श्रीमतीलाई चिठ्ठी लेखेर नारायणीमा बेपत्ता
मोरङका युवक तिलकप्रसादले श्रीमतीलाई वियोगान्त पत्र लेखेर गए राति नारायणी नदीमा हाम फालेका छन । वडा प्रहरी कार्यालय नारायणीका अनुसार पथरी–१, मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बूले श्रीमतीलाई लेखेको पत्र नारायणी पुलको बीच भागमा छाडेर नदीमा हाम फालेका हुन ।
प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार तिलकले पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको छ ।
तिलकले छाडेको विवाह दर्ताको प्रमाणपत्रमा उनीहरुको २०६० साल फागुन २५ गते विवाह भएको उल्लेख छ । आज बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले नदीमा उनको खोजी कार्यलाई तीव्रता दिएको छ । रासस
फेसबुकबाट कमेन्ट गर्नुहोस्