सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ट्याक्सी चालकको आँखा फुटाएर ललितपुरमा लुटपाट

ललितपुरमा दुई अज्ञात युवाले ट्याक्सी चालकलाई कुटपिट गरेर नगद र मोबाइल लुटेका छन् । ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक ४२ वर्षीय डम्बर खड्कामाथि कुटपिट गर्दै लुटेका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी शेखर खनालले दिएको जानकारी अनुसार घटनामा बा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का घाइते भएका छन् । उनको देब्रे आँखामा चोट लागेको छ ।

हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । पैसा लुटुने दुई जना केटाहरुमध्ये एक जना बिरामी भन्दै ट्याक्सीमा चढेको बताइएको छ । एसपी शेखर खनालका अनुसार उनीहरुले चालकको साथमा रहेको ६ हजार रुपैयाँ र मोबाइल लगेका छन् ।

घटनामा संलग्नको पहिचान भइसकेको छैन । एसपी खनालले भनेका छन्–‘विभिन्न टेक्निकको प्रयोग गरेर हुलिया पहिचान गर्ने प्रयास गरिरहेका छौं ।’ ट्याक्सी चालकको आँखामा गम्भिर चोट लागेको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्