नयाँ किरालाई अमेरिकी राष्ट्रपतिको नाम दिईयो
अमेरिकी राष्ट्रपतिहरूले प्राय आफ्नो हिस्साको उचित सम्मान पाउने गर्छन् । तर यो सम्मानलाई डोनाल्ड ट्रम्पले नरुचाउन सक्छन् । हालै मात्र फेला परेको बालुवामा टाउको लुकाउने एक प्रकारको उभयचरको नामको पछाडि डोनल्ड ट्रम्प थपिएको छ ।
जलवायु परिवर्तनबारे ट्रम्पले लिने गरेको अडानको विरोधमा त्यो जीवको नाम पछाडि डोनल्ड थपिएको छ । पानामामा फेला पारिएको ‘डर्मोफिस डोनाल्डट्रम्पी’ उभयचरको नामाकरण एक व्यापारीले गरेका थिए ।
उनले लिलामको बेला त्यो जीवको नाम राख्ने अधिकार पाउनका लागि २५,००० अमेरिकी डलर प्रस्ताव गरेका थिए । उनको कम्पनीले जलवायु परिवर्तनबारे जागरूकता जगाउन अग्रसर रहने बताएको छ ।
‘डर्मोफिस डोनाल्डट्रम्पी’ जलवायु परिवर्तनको प्रभावप्रति अति संवेदनशील छ । यो जीव आफूजस्तै नाम रहेका ट्रम्पको जलवायु नीतिका कारण लोप हुने खतरामा छ ।’ एनवीरोबुल्ड कम्पनीका सह–संस्थापक आइडान बेलले एक विज्ञप्ति मार्फत भने ।

‘डर्मोफिस डोनाल्डट्रम्पी’ सानो र आँखा नदेख्ने हुन्छ । यो एक प्रकारको ‘केइसिलियन’ हो र यो मुख्य रूपमा जमिन मुनी बस्छ । बेलले उक्त प्राणी र ट्रम्पको बानीका बीच समानता रहेकोमा व्यङ्ग गरेका छन् ।
उनले जमिन मुनी शिर लुकाउने त्यो उभयचरको स्वभाव र मानवीय क्रियाकलापका कारण भइरहेको जलवायु परिवर्तनप्रति वैज्ञानिक समुदायको सहमतिलाई नकार्ने ट्रम्पको गुण मिल्दोजुल्दो भएको बताउका छन् ।
डोनाल्ड ट्रम्प नाम दिइएको त्यो पहिलो जीव भने होइन । गत वर्ष क्यालिफोर्निया विश्वविद्यालयको एन्टो टोमोलोजी संग्राहलयले ‘नेवपाल्पा डोनाल्डट्रम्पी’ नामक दिइएको जीव फेला पारेका थिए ।
उक्त प्राणी पत्ता लगाउने जीव वैज्ञानिक भाज्रिक नाजारीका अनुसार सो जीवको अद्वितीय रूपमा टाउकोको रङ्ग फेर्न सक्ने कलाले उनलाई राष्ट्रपति ट्रम्पको सम्झना दिलाएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्