सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पान्डेप्रती जनप्रगतिशील मंच जापानको श्रद्धाञ्जली

नेपाली जनप्रगतिशील मन्च जापानले नेकपा माओवादी केन्द्रका नेता तथा सभासद भक्ति पाण्डेको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । मंचले श्रद्धाञ्जली बिज्ञप्ति जारी गर्दै परिवर्तनका लागि नेपाली समाज र माओवादी आन्दोलनलाई उचाईमा पुर्याउन पाण्डेले अहम भूमिका खेलेको र त्यसको सदा स्मरण गरिने बताएको छ ।

साथै बिज्ञप्तिमा पाण्डेको दु:खद निधनले पार्टी शोकमा रहेको भन्दै उनको परिवारमा धैर्यधारण गर्ने शक्तिको कामना गरिएको छ ।  त्यस्तै नेपाली जनप्रगतिशील मन्च जापान, टोकियो क्षेत्रका अध्यक्ष सम्पूर्ण अधिकारीले पाण्डेको निधनले माओवादीमा अपुरणीय क्षती भएको बताएका छन ।

अध्यक्ष अधिकारीले आफ्नै छोरा नयाँ शक्ति पार्टीमा लाग्दा समेत स्वर्गीय नेता पान्डेले माओवादी केन्द्रलाई नै आफ्नो पार्टी मानेर निरन्तर पार्टीको हितमा काम गरेको भन्दै उनलाई पार्टीले सँधै स्मरण गर्ने बताएका छन । क्यान्सर रोगबाट पिडित माओवादी केन्द्रका केन्द्रीय सदस्य भक्ति पाण्डेको सोमबार मृत्यु भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS