सडक दुर्घटनामा कुवेतमा एक नेपालीको मृत्यु
सवारी दुर्घटनामा परि कुवेतमा एक जना नेपालिले ज्यान गुमाएका छन । लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर तामाङको २२ डिसेम्बरका दिन सावारी दुर्घटनामा परि ज्यान गएको हो ।
दुर्घटनामा परी घाईते भएका उनको उपचारको क्रममा कुवेतको अदान हस्पिटलमा निधन भएको हो । स्थानीय समय अनुसार दिउँसो करिब साढे तीन बजे दुर्घटना भएको बताइएको छ । उनलाई कुवेत पुलिसको सहायतामा तत्काल हस्पिटल पुर्याइएको थियो ।

उपचारको क्रममा साँझ ६ बजेतिर उनको बिधन भएको उनको भान्जा सुरेन्द्र तामाङले जानकारी दिएका छन । दुर्घटनाका बिषयमा नेपाली दुतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले कम्पनि संग सहकार्य गरी ज्यान गुमाएका तामाङको शव नेपाल पठाउने प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन ।
दुतावासका द्धितिय सचिव मगरका अनुसार मृतकको कानूनी अवस्था हेरि ५/६ दिनमा शवलाई नेपाल पाठाउने तयारिमा रहेको बताएका छन । शव अहिले फर्वानिया हस्पिटलको शव गृहमा राखिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्