क्रिसमसमा बिदाको माग गर्दै राजधानीमा र्याली
राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै मोटरसाइकल र्याली निकालेको छ । बिजुली बजारदेखि शुरु भएको उक्त ¥याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको थियो ।
मानवअधिकारकर्मी कपिल श्रेष्ठले र्यालीको शुभारम्भ गर्दै मुलुकमा बहुभाषा, बहुधर्म प्रचलनमा रहेको हुँदा सबैको सह–अस्तित्वलाई कायम राख्नुपर्नेमा जोड दिएका थिए । उनले नेपालले विश्वव्यापी मानव अधिकार तथा अन्तराष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेकाले सबै धर्मावलम्बीलाई समान व्यवहार गर्नुपर्ने बताए ।
महासङ्घका अध्यक्ष सिबी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा त्यसको प्रचारप्रसारका लागि र्याली गरिएको बताए । उनले सरकारले वर्षमा एक दिन सो समुदायलाई सार्वजनिक बिदा दिनुपर्ने माग गरे ।
![](https://everestwall.com/wp-content/uploads/2018/12/cristmas-1024x696.jpg)
दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकोमा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ । देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ ।
सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने लगायत मागसमेत महासङ्घले अघि सारेको छ । उक्त ¥यालीमा करीब ४०० को सहभागिता थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्