जापानको नेपाली रेष्टुरेन्ट आगोलागीमा ५ जना घाईते
गत शनिबार जापानको तोचिगीमा रहेको एक नेपाली रेष्टुरेन्टमा भएको भिषण आगलागीमा परी घाईते भएका ५ जनामध्ये २ जनाको डिस्चार्ज भएको छ भने ३ जनाको उपचार भईरहेको छ ।
शनिबार राति करिब ११/१२ बजेको बिचमा भएको भिषण आगोलागीमा परेका पाँचै जना नेपालीमध्ये २ जना होटलकै स्टाफ, एक जना कुकको श्रीमती र दुई जना ग्राहक रहेका छन् ।
आगलागीमा परी घाईते हुनेमा कुक सान्त बहादुर गुरुङ र उनकी श्रीमती शान्ती गुरुङ र सहायक कुक दिपेन गुरुङ रहेका छन् । घाईते हुने दुई जना ग्राहकमा भुवन गैरे र उज्वल थापा रहेका छन् ।
घाईते भएका मध्ये भुवन गैरे र शान्ति गुरुङको डिस्चार्ज भईसकेको छ भने सान्त बहादुर गुरुङ, दिपेन गुरुङ र उज्जवल थापाको छुट्टाछुट्टै अस्पतालमा उपचार भईरहेको छ ।
घाईते दिपेन गुरुङको सिमोचुकेसीस्थित जिचिदाई हस्पिटलमा, सान्त बहादुर गुरुङको उचुनोमियासीको साईसेईखाई हस्पिटल र उज्वल थापाको किताकोवायासीको दोक्यो हस्पिटलमा उपचार भईरहेको छ ।
घाईतेमध्ये कुक कास्कीका सान्त बहादुर गुरुङ र चितवनका उज्जवल थापा एक हप्तामा डिस्चार्ज हुनसक्ने अस्पताल श्रोतले बताएको छ । जिचिदाईमा उपचार गराईरहेका दिपेन गुरुङलाई भने डिस्चार्ज हुन केही समय लाग्ने बताईएको छ । घाईतेहरुको उपचारमा हाल एकजना बराबर दैनिक कम्तीमा ५० हजार येन खर्च भईरहेको छ ।
आगलागीबाट रेष्टुरेन्टको भौतिक सामाग्री सहित दैनिक व्यापारको पैसा, होटल कर्मचारी तथा ग्राहकको पैसासहितको पर्स, धेरैको पासपोर्ट, आवासीय कार्ड, स्वास्थ्य विमा कार्ड, दर्जन बढी मोवाईल, ड्राईभिङ लाईसेन्स लगायतका महत्वपुर्ण सामाग्री जलेका छन् ।
तोचिगीसीको नुमावादाचोमा रहेको हाम्रो रेष्टुरेन्ट एण्ड बार आगलागीबाट पुर्ण रुपमा जलेर खरानी भएको छ । रेष्टुरेन्टका सञ्चालक ओम गुरुङका अनुसार आगलागीबाट एक करोड भन्दा बढीको धनमाल जलेर नस्ट भएको छ ।
सञ्चालक गुरुङका अनुसार एक्कासी बिस्फोटको ठुलो आवाज आएको र त्यसको केही समयपछी मात्रै आगलागी भएको थियो । ग्याँसको सिलिण्डर लगायत ग्याँस लिक हुने सम्भावित सबै ठाउँ पुर्ण रुपमा अफ रहेको अवस्थामा आगलागीको घटना भएको हो ।
घाईतेहरुको उपचारमा आर्थीक समस्या हुने देखिएपछी तोचिगीमा रहेका नेपाली समुदायले आर्थीक सहयोग संकलन अभियान सुरु गरेका छन् । तोचिगीमा रहेका नेपाली व्यवसायी, बिभिन्न संस्थाका अगुवा लगायतको समुह बनाई घाईतेहरुको उपचारको सहयोगार्थ आर्थीक सहयोग जुटाउने अभियान सुरु गरिएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्