सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पूर्वउपराष्ट्रपति भारतीय नागरिक भएको खुलासा

पूर्वउपराष्ट्रपति परमानन्द झा भारतीय नागरिक भएको रहस्य खुलेको छ । मुलुकको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सेनापति र प्रहरी महानिरीक्षक लगायत हुनलाई ‘वंशज’ नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ ।

अंगीकृत नेपाली नागरिकले उल्लेखित पद नपाउने प्रावधान छ । २०७२ सालमा संविधानसभाबाट जारी संविधानमा पनि उल्लेखित पदसहित मुख्यमन्त्री हुन वंशज नेपाली नागरिक हुनपर्ने प्रावधान राखिएको छ । तर भारतीय नागरिक झा संवैधानिक प्रावधान विपरित कसरी उपराष्ट्रपति बने ? त्यो रहस्यमय बनेको छ ।

लामोसमय मुलुकको न्यायालयमा रहेका झा मुलुकको पहिलो उपराष्टपति भएका थिए । झा सर्वाेच्च अदालतको न्यायाधीशबाट सेवानिवृत्त भएपछि मधेसी जनअधिकार फोरमबाट राजनीतिमा सक्रिय भएका थिए । संविधानसभामा उनी माओवादी पार्टीकी शान्ता श्रेष्ठ, नेपाली कांग्रेसका मानबहादुर विश्वकर्मा र एमालेकी लक्ष्मी शाक्यलाई पराजित गरेर २०६५ सालमा उपराष्ट्रपति बनेका थिए ।

उपराष्ट्रपतिमा विजयी भएपछि झाले हिन्दीमा शपथ खाएका थिए । तत्कालीन राष्ट्रपति डा रामवरण यादवले नेपाली भाषामा शपथ गराउँदा उपाष्ट्रपति झाले त्यसलाई तत्कालै मौखिक रुपमा हिन्दीमा उच्चारण गरेर शपथ लिएका थिए । हिन्दीमा शपथ लिएपछि उनीमाथी संविधान उल्लंघन गरेको आरोप लाग्यो ।

झाको शपथविरुद्ध सडकमा प्रदर्शन समेत भए । संविधानसभा बैठकमा समेत विरोध भयो । उपराष्ट्रपतिलाई नेपालीमा शपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर पर्यो । रिट परेपछि उपराष्ट्रपति पद निस्क्रिय हुन पुग्यो । विवाद सुल्झन २ वर्ष लाग्यो । झा उपराष्ट्रपति भएको २ वर्षपछि मैथिलीमा सपथ लिए । त्यसपछि बल्ल उनको विवाद टुंगियो र उपराष्ट्रपति पदमा आसीन भए ।

उपराष्ट्रपति बनेलगत्तै हिन्दी भाषाका कारण लामोसमय विवाद झेलेका झा अन्ततः भारतीय नागरिक नै रहेको रहस्य खुलेको छ । भारतको चर्चित अनलाइन मैबिहारी डटकमले झा बिहारी नागरिक भएको उल्लेख गरेको छ । झाको जन्म बिहारको दरभंगास्थित गरौलमा भएको र पठनपाठन त्यहीँबाट शुरु भएको अनलाइनले लेखेको छ ।

मैबिहारी डटकमका अनुसार झाले मधुवनीबाट मेट्रिक परीक्षा पास गरेका हुन् । त्यसपछि आरके कलेज पढे । बिहारबाट ग्रेजुएशन गरेपछि उनी कानून पढ्नका लागि नेपाल आएका हुन । नेपालमा केही वर्ष पढेपछि थप अध्ययनको लागि उनी बेल्जियम गएका थिए ।

बेल्जियमबाट फर्केर वकालत पेशामा सक्रिय भएका झा पछी न्यायाधीश समेत भए । न्यायालयमा रहँदा देखिनै उनी भित्रभित्रै नेपालमा हिन्दी स्थापित गराउन सक्रिय रहेको समेत खुलेको छ ।

‘परमानन्दका दाजु शंकर झा मिथिलांचलका बलिया पहलवान थिए जसले ठूलाठूला पहलवानलाई हराएर चर्चा कमाएका थिए’ मैबिहारी डटकमले उल्लेख गरेको छ , ‘त्यसबेला उनको पहलवानीको चर्चा नेपालसम्म हुने गर्दथ्यो । तत्कालीन राजाले शंकर झाबाट प्रभावित भएर उनलाई आफ्नो दरबारमा बोलाएका थिए ।

त्यसपछि उनलाई सेनामा उच्च जिम्मेवारी दिइयो । तत्कालिन शासकले उनलाई सप्तरीमा केही जमिन समेत उपलब्ध गराए ।’ झा परिवार त्यसबेला देखि नेपालमा बस्न थालेको हो । उनका भाइ अहिले पनि दरभंगामै छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्