आच्छु चिसो बढ्यो, उपत्यकामा १.५ डिग्री तापक्रम
केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अझै चिसो बढ्न सक्नेछ । उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिए पनि अन्य क्षेत्रमा मौसम सफा रहेको मौसमविद् सुजन सुवेदीले जानकारी दिएका छन् ।
काठमाडौं उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । शुक्रबार बिहानको तापक्रम १.५ डिग्री मापन गरिएको थियो । शनिबार साँझ पनि तापक्रम १.५ डिग्री थियो ।
दिउँसो घाम लागेसँगै तापक्रम बढ्ने गरेको छ । काठमाडौं उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो । मनाङमा तापक्रम माईनस २१ डिग्रिसम्म झरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्