सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राजेश हमाल, प्रिति आले र हेमन्त शर्मा तोचिगीमा

एउटा सांगितिक च्यारिटी कार्यक्रमका लागी यतिबेला महानायक राजेश हमाल, गायिका प्रिति आले र गायक हेमन्त शर्मा जापान आएका छन् । जापानका बिभिन्न शहरहरुमा आयोजना गरिएको ‘म्युजिकल च्यारिटी प्रोग्राम’ भोली जनवरी ४ तारिखका दिन तोचिगीको ओयामा स्टेशनमा हुँदैछ ।

‘म्युजिकल च्यारिटी प्रोग्राम’ एचआईभी पोजेटिभ बालबालिकाको सहयोगार्थ आयोजना गरिएको हो । ‘म्युजिकल च्यारिटी प्रोग्राम’का लागी सबै तयारी सकिएको व्यवस्थापकिय जिम्मेवारी सम्हालेका पुर्वी नेपाल विकास सहकार्य केन्द्र तोचिगीका संयोजक सरोज भेटवालले बताएका छन् ।

म्युजिकल च्यारिटी कार्यक्रममा जापानमा रहेर नेपालीहरुमाझ स्थापित भएको ‘लाफा मोन्स्टर ब्याण्ड’को पनि धमाकेदार प्रस्तुती रहनेछ । म्युजिकल च्यारिटी कार्यक्रम ओयामा स्टेशनको रोबेल बिल्डिङको छैठौँ तलामा हुने भएको छ । कार्यक्रम मध्यान्ह २ बजेदेखी सुरु भएर साँझ ७ बजे सकिने बताइएको छ ।

‘म्युजिकल च्यारिटी प्रोग्राम’ कार्यक्रमलाई सेभ द चिल्ड्रेन नेपाल र वाल विकास समिति बाग्लुङले आयोजना गरेका हुन् । एचआईभी पिडित बालबालिकाको सहयोगार्थ भएकाले तोचिगीबासी नेपाली सबैको साथ र सहयोग रहने आयोजकको विश्वास छ । च्यारिटी कार्यक्रम गुन्मा र टोक्योमा पनि आयोजना गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्