सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकार विरुद्ध उर्लियो बुटवलमा विशाल माानवसागर

butwalma-janapradasan-1

पाँच नम्बर प्रदेश टुक्र्‍याएको बिरोधमा शुक्रबार बुटवलमा बिशाल जनप्रदर्शन भएको छ । सत्ता गठबन्धन एमाओवादी, कांग्रेस र प्रतिपक्ष एमाले लगायतका राजनितिक दलहरूकै अगुवाईमा हजारौं सर्वसाधाण प्रदर्शनमा स्वस्फुर्त सहभागी भएका हुन् ।

दिउँसो बुटवलको चौराहा चोकदेखि निस्किएको विशाल जनप्रदर्शन ट्राफिक चोकमा गएर सभामा परिणत भएको थियो । जनसभालाई एमाले नेता विष्णु पौडेल, घनश्याम भुषाल, एमाओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी लगायतले सम्बोधन गरेका थिए ।

butwalma-janapradasan-2

सम्बोधनका क्रममा सबै दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाँच नम्बर प्रदेशमा आएर जनताको सामना गर्न चुनौती दिएका थिए । पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गर्ने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको बिरोधमा बुटवल लगायतका क्षेत्रमा आन्दोलन चर्किएको छ ।

शुक्रबार रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, पश्चिम नेपाल बस व्यवसायी संघ, रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ लगायत सबैजसो व्यावसायिक तथा सामाजिक संघ–संस्थाले पाँच नम्बर प्रदेश टुक्राउने संसोधन विधेयकको बिरोधमा बिहानै र्याली निकालेका हुन् ।

butwalma-janapradasan-3

व्यवसायीहरूले पहाडबाट घिउ र तराईबाट नुन साट्ने सदियौं देखिको सम्बन्ध रहेकोले पहाड–तराई छुट्याउने प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । पाँच नम्बर प्रदेश जोगाउने एजेन्डा कुनै एउटा दलको नभई सिंगै पाँच नम्बर प्रदेशको भएकोले यसलाई जोगाउन पनि आन्दोलित भएको सर्बसाधारणले बताएका छन ।

राष्ट्रिय झन्डा सहित सहभागी भएका उद्योगी व्यवसायीले अखण्ड पाँच नम्बर प्रदेश कायम गर, प्रदेश टुक्राउन पाइँदैन, संविधान संशोधन चाहिँदैन, संशोधन प्रस्ताव फिर्ता गर, नेपाली एकता कायम गर, हिमाल पहाड तराई, कोही छैन पराई जस्ता नारा लगाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्