सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमती बलात्कार गर्ने हेटौँडाका अनिल ६ महिना जेल

आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले एक पुरुषलाई ६ महीना कैद सजाएको फैसला गरेको छ ।

अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद र ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।

न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ ।

तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीकोमा उजुरी दिएपछि प्रहरीले उनलाई गत असोज २५ गते पक्राउ गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्