सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपाली कामदार मलेसिया जान अँझै २ महिना लाग्ने

मलेसियाका एक मन्त्रीले विदेशी कामदार, त्यसमा पनि विशेषगरी नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने बताएका छन् । मानव संशाधन सहायक मन्त्री दतुक ओमरले रिपोर्ट अँझै छलफलको चरणमा रहेको बताएका छन् ।

उनले रिपोर्टबारे कुनै पनि निर्णय स्वतन्त्र रुपमा गठित विदेशी कामदार समितिमा भर पर्ने बताएका छन् । क्वालामपुरमा रहेको ‘औधोगिक तालिम इन्स्टिच्युट’को भ्रमणको क्रममा भनेका छन्–‘विदेशी कामदार सम्बन्धमा कुनै पनि सल्लाह तथा नीति समितिको रिफारिस अनुरुप हुनेछ ।’

उनी त्यहाँ सन् २०१९ सेमेस्टरमा विद्यार्थीहरुको भर्ना सम्बन्धमा निगरानी गर्न गएका थिए । उनले भनेका छन्–‘रिपोर्ट तयार भएपछि यो मुद्धा समाधान हुनेछ । तर यो बीचमा उब्जने विदेशी कामदारसम्बन्धि अन्य कुनै मुद्धा समाधान गर्नमा लागि सरकार प्रतिबद्ध छ ।’

अघिल्लो वर्षको मेमा नेपालको सरकारले आफ्नो देशबाट मलेसिया जाने श्रमिकहरुमाथि धेरै शुल्क लिएको भन्दै अस्थाई रुपमा मलेसिया कामदार पठाउन रोकेको थियो । उक्त शुल्क मलेसियाका अघिल्लो सरकारले खटाएको नीजि कम्पनीहरुले उठाइरहेका थियो ।

त्यसपछि नेपाल सरकारले नेपालभित्र रहेर धेरै मूल्य उठाइरहेका विभिन्न संस्थाहरुमा छापा मार्ने तथा अन्य कारबाही अघि बढाएको थियो । त्यो समयमा नेपाली कामदारहरु मलेसिया पठाउन रोकिएको थियो । नेपाली कम्पनीहरु सरकारी अनुसन्धानमा रहेकाले कामदारहरुले ती कम्पनीहरुमार्फत भिसाको प्रोसेस गर्न सकेका थिएनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS