सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पक्राउ परे श्रीमतीको कुटिकुटी हत्या गर्ने आर्मी

बर्दियाको गुलरियामा आफ्नै घरभित्र मृत भेटिएकी २५ वर्षीया सुष्मा कुँवरको हत्यामा संलग्न रहेको भन्दै मृतकका श्रीमान् ३५ वर्षीय मोहन बोहरालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । हत्या गरी भारततर्फ भाग्दै गरेको अवस्थामा बोहरालाई खैरापुरबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुलरिया नगरपालिका वडा नं ५ निवासी २५ वर्षिया सुष्मा कुँवर बोहराको सोमबार बेलुकी हत्या भएको जनाइएको छ । हत्याको आरोप लागेका मोहन बोहराका आमाबुवालाई समेत स्थानीयको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ ।

मोहन बोहराका बुवा टिकाराम बोहरा र आमा बिज्जु बोहरालाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताएका छन् । हत्या गरिएकी कुँवरका श्रीमान् मोहन बोहरा बुटवलस्थित नेपाली सेनाको जबरगणमा कार्यरत सैनिक जवान हुन् ।

हत्याको विरोधमा जिल्लास्थित महिला सञ्जाल र राजनितिक दलका प्रतिनिधिहरूले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर हत्याको निश्पक्ष छानबिन गर्न माग गरेका छन् । हत्यारालाई सार्वजनिक गर्न माग राखेर स्थानीय महिलाहरूले आज जिल्ला प्रहरी कार्यालय परिसरभित्र प्रदर्शनसमेत गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS