सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लोडसेडिङ हटाउने कुलमानको यस्तो छ योजना

led-bulb

काठमाण्डौलाई लोडसेडिङमुक्त बनाएको विद्युत प्राधिकरणले सुख्खा याममा पनि लोडसेडिङ हुन नदिन एलइडी बल्बलाई विशेष रुपमा प्रवद्र्धन गर्ने भएको छ । प्राधिकरणले साधारण सीएफएल भन्दा कम बिजुली खपत गरेर उच्च स्तरको प्रकाश दिने एलइडीको प्रयोगमा उपभोक्तालाई प्रोत्साहित गर्न लागेको हो ।

यसका लागी विद्युत प्राधिकरण आफैले एलइडी लाइट खरिद गरेर उपभोक्तालाई वितरण गर्ने योजना बनाएको छ । यसरी एलईडी बल्ब किन्दा उपभोक्ता ठगिनु नपर्ने र सुपथ मूल्यमा बल्ब पाइने प्राधिकरणले बताएको छ ।

एलइडी लाइटको प्रयोगले बिजुली कम खपत हुने र त्यसले बिजुलीको लोड व्यवस्थापनमा सहयोग पुग्ने प्राधिकरणले बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार एलईडी लाइटले उपभोक्ताको मासिक बिजुली खर्च पनि कम हुनेछ र राज्यलाई पनि यसले निकै फाइदा पुग्नेछ ।

प्राधिकरणले एलर्ईडी बल्बको मुल्य विद्युतको बिलमै समावेश गरेर पठाउने योजना बनाएको छ । यसले उपभोक्तालाई सुबिधा प्रयोग गर्न सहज हुने प्राधिकरणको बिश्वास छ । एलईडीले सिएफएल भन्दा ४ गुणा बढि विद्युत खपत गर्छ ।

पन्ध्र वाटको सिएफएल बराबरको प्रकाश ५ वाटको एलईडी बल्बले दिन्छ । फाइबरले बन्ने एलइडी बल्ब साधारण रुपमा झर्दा पनि फुट्दैन । बजारमा ३ देखि ५० वाटसम्मका एलइडी बल्ब उपलब्ध छन् । मूल्य पनि सीएफएल बल्बभभन्दा धेरै महंगो पर्दैन । सीएफएल भन्दा एलइडी बल्ब बढी टिकाउ पनि हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्