लुम्बिनिमा भारतको ठेगाना राखेर बिहार बनाईँदै
गौतम बुद्धको बिषयलाई लिएर भारतले लामो समयदेखी बिभिन्न प्रोपोगाण्डा र झुटको खेती गर्दै आईरहेको छ । बुद्ध भारतमै जन्मिएका हुन् भन्ने देखी लिएर बुद्धको कृतिम जन्मस्थल निर्माण गरी बिश्वलाई भ्रमको खेती गर्न भारत प्रयासरत छ ।
बुद्धको जन्मथलो नेपालको रुपन्देही स्थित लुम्बिनीमा पर्छ, यो भनिरहनु पर्ने विषय नै होइन । तर जब लुम्बिनीको संरक्षण र प्रवर्दनका लागि बनाइएको लुम्बिनी गुरुयोजना भित्रै निर्माण भैरहेको योजनामा लुम्बिनी भारतीय भुभाग भएको देखाइएको छ ।
जापानको सोक्यो कर्पोरेसन ट्रस्टद्वारा लुम्बिनी भित्र निर्माण गर्दै गरेको विहारको जानकारी दिने साइन बोर्ड भने भारतको् देखाइएको छ । यहाँ आयोजनाको नाम जापानको सोक्यो ट्रष्ट जापान लेखिएको छ, भने निर्माणाधीन स्थलको नाम ककरहवा, सिद्धार्थनगर युपी लेखिएको छ ।
अर्थात यो कुनै भारतीय जग्गा हो । साथै जापान र भारतको झण्डा राखिएको छ । यसरी बुद्ध भुमी माथि खुलेआम खेलबाड भैरहँदा पनि लुम्बिनी विकास कोष मौन छ ।
विगत ६ महिनादेखि यसरी नै राखिएको यो बोर्डको बिषयमा न विकास कोषले देखेको छ न लुम्बिनी क्षेत्रको सुरक्षार्थ खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, दंगा तथा पर्यटक प्रहरी र वीर गोर्खा सेक्युरिटीका २ सय बढी सुरक्षाकर्मीले नै देखेका छन् । उनीहरुले यो देखेर पनि चुपचाप छन् ।
साथै जापानको उक्त संस्थाले यो बिहार समयमै निर्माण नगरेको भन्दै सर्वोच्च अदालतले समेत निर्माण गर्न नदिने फैसला गरेको थियो । तर सर्वोच्चको फैसला विपरित लुम्बिनी विकास कोषले विहार निर्माण गर्न दिइरहेको छ, भने भारतमा निर्माण भैरहेको नक्कली लुम्बिनीलाई मलजल गर्ने गरी भारतको ठेगाना र झण्डा राखेर निर्माण गरिरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्