सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मलेसियाको रोजगारी सँधैका लागी बन्द भएकै राम्रो

मलेसियाका मानव संशाधन राज्यमन्त्री महफुज ओमरले मलेसियामा विदेशी कामदार कुन तरिकाबाट भित्र्याउने भन्ने यकिन भइनसकेको भन्दै यसका लागि अझै दुई महिना लाग्ने बताएपछि त्यसका बारेमा मलेसियामा नै कार्यरत र मलेसियाको रोजगारीबाट फर्केका नेपालीले भनें अव मलेसियाको रोजगारी नखुलेकै राम्रो भन्दै टिप्पणी गरेका छन् ।

देशपरदेशले प्रकाशन गरेको समाचारको प्रतिकृयामा मलेसियाबाट लोकबहादुर लोक लेख्छन–‘जापानतिर वा अरु कुनै देश तिर जाँदा हुन्छ, नेपाली यो मलेसियामा नपठाउनु राम्रो ।’

मलेसियामा नै कार्यरत समिर रिमाल मलेसियाको रोजगारी नखुलेकै राम्रो भन्छन् भनें अशोक चन्द ठकुरी पनि मलेसियाबाट यस्तो मुलुकमा कोहि नेपाली नआउनु भन्ने धारणा राख्दछन् ।

किन यति धेरै नेपाली मलेसियाको रोजगारीलाई उपयुक्त ठान्दैनन् त ? मलेसिया मा रोजगारी र पत्रकारिता समेत गरेर फर्केका मोरङका अर्जुन काफ्ले त्यहाँको असुरक्षालाई एउटा कारण मान्दछन् ।

नेपाली, बंगलादेशी, पाकिस्तानी लगायतलाई त्यहाँका विशेषगरी अपराधी मनोवृत्तिका तमिल मुलका व्यक्तिले लुट्ने, कुट्ने र कतिपय अवस्थामा अंगभंग नै गरिदिने गर्छन । यस्तो घटना हुँदा पनि प्रहरीले समेत सहयोग गर्दैन ।

काफ्लेको अनुभवमा मलेसियामा धेरै नेपाली श्रमिकको मृत्यु हुने गरेका कारण उनीहरुमा एकप्रकारको त्रास पनि विद्यमान छ । यसैगरी कम्पनीले अतिरिक्त समय काम गराएर न्यूनतम तलव समेत नदिनु, होष्टलमा न्यूनतम सुविधा पनि नदिनु लगायतका कारण पनि मलेसियामा रोजगारीमा गएका नेपाली पुनः फर्किन नचाहने गरेका छन् ।

अन्य देशको तुलनामा बढी समयको श्रम सम्झौता अवधि हुनु (तीन बर्ष), चाइनीजले चलाएका कम्पनीमा अत्यधिक श्रम गर्नुपर्ने लगायतका कारणले मलेसियाको रोजगारी धेरैजसो नेपालीको रोजाईमा पर्न छोडेको त्यहाँ कार्यरत भुक्तभोगीहरु बताउँछन् ।

कतिपय प्रहरीमा उजुरी गर्न पुगेमा प्रहरीको सहयोग पाउनुको सट्टा उल्टै त्यहि लुट्ने, कुट्ने व्यक्ति भोलीपल्ट पीडितलाई धम्क्याउन आइपुग्ने गरेको बताउँछन् । यद्यपी बैदेशिक रोजगारप्रतिको अत्यधिक आकर्षण र बैकल्पिक मुलुक नहुँदा अहिले पनि वैधानिक हैसियतमा ४ लाखको छेउछाउ संँख्यामा नेपाली मलेसियामा रोजगारीमा छन् ।

पछिल्लो समयमा स्वदेशमा नै स्वरोजगारहरुको संख्यामा आएको बृद्धि र निर्माण लगायतका क्षेत्रमा रोजगारीका अवसर बढ्का कारण बैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा कमि भनें आएको छ ।

त्यस्तै बोधराज अधिकारी पनि मलेसिया जान जरुरी नरहेको भन्दै मलेसिया रोजगारीका लागि राम्रो मुलुक नभएको र त्यस्तो मुलुकमा नेपालीलाई रोजगारीमा पठाउन सधैंको लागि बन्द गर्नु उचित हुने धारणा राख्छन् ।

आविश्का मगरले मलेसिया नखुल्नु राम्रो भनेका छन् भनें रोवित ठकुरीले मलेसिया बन्द गर्दा हुन्छ भन्दै त्यहाँ चोर, फटाहा र केहि अपराधी मनोवृत्तिका तमिल मूलका व्यक्तिबाट बच्न गाह्रो रहेको टिप्पणी गरेका छन् । गुराँस लामा पनि मलेसियाको रोजगारी अब सधैंका लागि बन्द हुनुपर्ने धारणा राख्छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS