सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुचना बिभागमा विवरण बुझाउने आज अन्तिम दिन

सुचना तथा प्रशारण विभागमा दरबन्दी र कर्मचारी विवरण बुझाउन छुटेका सञ्चार प्रतिष्ठानहरुलाई अनलाईन मार्फत विवरण बुझाउने आज अन्तिम दिन बाँकी रहेको छ । पुस १ गते प्रकासित सुचना अनुसार पुस ३० गतेसम्म अनलाईनमार्फत विवरण पेश गरिसक्नुपर्नेछ ।

सुचना बिभागमा दर्ता भएका अनलाईन, पत्रपत्रिका, टिभि तथा रेडियो लगायतका सबै सञ्चार प्रतिष्ठानले प्रेस पास लगायतका सुबिधाका लागी दरबन्दी र कर्मचारी विवरण बुझाउनुपर्ने नियम छ । बिभागमा दर्ता भएर पनि विवरण नबुझाएका सञ्चार प्रतिष्ठानले बिभागबाट उपलब्ध सुबिधा प्राप्त गर्न अयोग्य हुन्छन् ।

बिभागको सुचनामा भनिएको छ–‘आ.व.२०७५/७६ को दरबन्दी र श्रमजीवी विवरण कारणवस पहिले बुझाउन नसकेका सञ्चार प्रतिष्ठानहरुले छुट दरबन्दी र श्रमजीवी विवरण बुझाउन तथा श्रमजीवी विवरणमा कुनै संशोधन गर्नुपर्ने भए संशोधनसहितको विवरण २०७५ पौष मसान्तसम्म विभागको वेभसाईटमा रहेको अनलाईन सेवा मार्फत पेश गर्नुहुन यो सुचना प्रकासित गरिएको छ ।’

विवरण बुझाउन छुटेका सञ्चार प्रतिष्ठानले बिभागको वेभसाईटमा अपडेट गरिसकेपछी बिभागमा गई सक्कल प्रति बुझाउनुपर्नेछ । बिभागको अनलाईन सेवा आज राति १२ बजेसम्म खुला रहने छ । अनलाइन सेवा बन्द भईसकेपछी दरबन्दी विवरण र कर्मचारी विवरण बुझाउन पाईने छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्