मेरो चरित्र हत्याको मुल्य धेरै महंगो हुनेछः सावित्री
मानवअधिकारकर्मी सावित्री सुवेदीले सामाजिक सञ्जाल फेसबु्कमा नक्कली आईडी बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको प्रति गम्भीर आपत्ती जनाएकी छन् । बलात्कार र महिला हिंसाका विरुद्ध पटकपटक आवाज बुलन्द गर्दै आएकी सावित्रीले केही बलात्कारी मानसिकता भएका मानिसहरुले आफूलाई झुठो र कपोलकल्पित आरोप लगाएको भन्दै फेसबुक स्टाटसमार्फत आक्रोश पोखेकी हुन् ।
“बच्चिहरुका जिवन चुसेका ब्वाँसाहरुले मेरो बिरुद्द यस्ता झुठा आरोप लगाएर मलाई झुठ बनाउन खोज्दैछन्, उनले फेसबुकमा लेखेकी छिन्, यो आरोप प्रमाणीत गरेर कारबाही गर्न म खुल्ला छु । अरु अपराधीलाई कारबाही गराउने मलाइ अपराध गर्न छुट छैन । तर यिनलाई एउटै अनुरोध, आरोप लगाउने मान्छे अघि ल्याउ, पैसा खाएको प्रमाणीत गर, मलाई जेल पठाउ । तर फेक कुरा तयार गर्न समय खर्चेर मेरो चरित्र हत्या नगर । यसको मुल्य धेरै महंगो हुनेछ ।”
मलाई जोडेर सामाजिक सञ्जालमा पैसाको बार्गेनिङ गरेको, अनेक मान्छेसंग फोटो जोडेर बाहिर आएको छ भनेर मेरा सुभचिन्तकहरुले मलाई के हो भनेर सोध्नु भएको छ । म यस्ता हुँदै नभएको कुराको बारेमा चासो नै नराखौँ भन्ने सोचमा थिएं । तर धेरैले केहो केहो भन्नु भएकोले केहि लेख्दैछु, भनेर फेसबुक स्टाटस लेखेकी छिन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्