सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुकको फोटोको निउँमा प्रेमिकाको दाँत झारिदिएपछी

प्रेम भनेको के हो ? माया भनेको के हो ? प्रेम र मायाको उत्तरको पछाडि दौडियौँ भने शायद यसको जवाफ भेट्न सकिँदैन होला । विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको परिभाषा आ–आफ्नो तरिकाले दिएका छन् ।

जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामीलाई डुबाउँदै जान्छ । मानिसहरूले भने झैँ प्रेम निस्वार्थ छ भनौ भने प्रेममा स्वार्थ पनि हुने गरेको छ । प्रेमको विषयमा विभिन्न समाचारहरू सुन्ने गरेका छौँ । त्यस्तै एक प्रेमीले फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको निहुँमा आफ्नी प्रेमिकाको दाँत झारिदिएका छन् ।

इंगल्याण्डको लिभरपुलका २९ वर्षे प्रेमी एन्ड्रयू म्याकनेयरले आफ्नी प्रेमिका लोइस एसटोनको तीनवटा दाँत झारिदिएका हुन् । म्याकनेयरलाई उक्त घटनापश्चात् ३६ महिनाको जेल सजाय तोकिएको छ । प्रेमिकाले दुईजनाको फोटो हटाएर फेसबुकमा आफ्नो मात्र फोटो राखेका कारण म्याकनेयर रिसाएका थिए ।

लोइस एसटोन

‘उनी सुरुमा निकै मायालु थिए, मलाई निकै राम्रो व्यवहार गर्दथे । तर समय बित्दै जाँदा उनी परिवर्तन भए ।’ एसटोनले भनिन्–‘उनले मलाई यसअघि पनि थुप्रै पटक पिट्ने गर्दथे । एक पटक उनले मलाई थप्पड हाने । अर्को पटक टाउकोमा खुट्टाले हाने । मैले त्यति बेला नै उनलाई छोडिदिने सोच बनाएको थिएँ तर उनी सधैँ फोन गरेर मसँग रोएर माफी माग्थे र मलाई उनको माया लाग्थ्यो ।’

आफ्नो प्रेमीले दाँत झारिदिएपछि बाँच्ने आसासमेत हराएको बताइन् । एसटोनले भनिन्–‘मलाई त्यति बेला म मर्दै छु जस्तो लागेको थियो । सहयोग माग्नका लागि म घस्रिएर बाटोमा पुगेकी थिएँ ।’

दाँत झारिदिने प्रेमी एन्ड्रयू म्याकनेयर

आफूमाथि आक्रमण भएको रात म्याकनेयरले आफूलाई महिलाको ‘नाइट आउट’ पार्टीमा एक्लै भएको बताएका थिए । एसटोनले भनिन्–‘हामी पबमा गयौँ तर उनी हामीसँग बस्दा पनि बसेनन् । उनी अर्को बुथमा हामीलाई हेर्दै बसे ।’

पबपछि एसटोन म्याकनेयरलाई छोडेर आफ्नो साथीको घरमा ककटेलका लागि गइन् । उनले त्यसरात फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेर सुतेकी थिइन् । तर भोलिपल्ट उनी निकै भयावह स्थितिमा ब्युँझिइन । म्याकनेयर उनको खुट्टामाथि उभिएर उनीमाथि चिच्याइरहेका थिए ।

लोइस एसटोनले फेसबुकमा राखेको फोटो

‘म त्यहाँबाट भाग्न सफल भएँ । छिमेकीको ढोकामा सहयोगका लागि टाउको ठोकेँ तर कोही पनि उपस्थित भएनन् ।’ एसटोनले भनिन्–‘त्यसपछि म्याकनेयरले उनलाई लगातार झापड र मुक्का हान्न थाले । उनलाई टाउकोमा लात्ताले हाने, त्यसपछि उनले मेरो अनुहारमा यति बेस्सरी मुक्का हाने कि मेरो दाँत नै र्झयो ।’

अत्यधिक डराएकी उनले यसबारे पुलिसमा रिपोर्ट दर्ता गरिनन् । उनी घरेलु हिंसापछि महिलालाई दिइने आश्रयस्थल गइन् । म्याकनेयरको बारम्बारको चेतावनी पछि मात्रै उनले यसबारे पुलिसलाई जानकारी दिएकी हुन् ।

लोइस एसटोनको दाँतले ओठमा काटेको घाउ

फेसबुकबाट कमेन्ट गर्नुहोस्