सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कोरीया पठाउँछु भन्दै जापान पुर्याउने दले पक्राउ

south-korea-busan

रोजगारीका लागी दक्षिण कोरिया पठाईदिन्छु भन्दै चार जनाबाट ५४ लाख ठग्ने ट्राभल एजेन्सि सञ्चालक पक्राउ परेका छन् । खोटाङको बाकाचोल गा.वि.स स्थायी घर भएर काठमाडौंको बौद्ध बस्दै आएका लाक्पा तेम्बा शेर्पाले दोलखाका साङ्गे शेर्पा समेत चार जनालाई रोजगारीका लागी काठमाडौं आएको बेला भेटेर दक्षिण कोरिया पठाइदिने अश्वासन दिएका थिए ।

दक्षिण कोरियामा धेरै तलव पाउने विश्वासमा परेका साङ्गे सहितका चार जनाले लाक्पालाई एघार लाख पचास हजारका दरले ४६ लाख बुझाएको महानगरीय अपराध महाशाखाले जनाएको छ । ४६ लाख लिएपछी पिडीतहरुलाई टुरिष्ट भिसामा जापान जाने ब्यवस्था मिलाएका लाक्पा उनिहरु जापान पुगेपछी सम्पर्क विहिन भएका थिए ।

त्यसपछी जापानमा नर्वु छिरीङ गुरुङ नामका दलालसँग पिडीतहरुको भेट हुन्छ । पिडीतलाई नर्वुसँग भेट गराउने काम पनी उनै लाक्पाले गरेका थिए । प्रहरीका अनुसार जापानमै बस्ने नर्वुले पिडीतहरुसँग दक्षिण कोरिया पुग्नका लागी थप दुई–दुई लाख लाग्ने भन्दै पुन ८ लाख ठगेका थिए ।

यसरी जापान ट्रान्जिट बनाएर कोरिया पुग्न सकिन्छ भन्ने विश्वासले लाखौं बुझाएका साङ्गे सहितका चार जना पर्यटक भिसाको म्याद सकिएपछी जापानको जेलमा चार महिना बसेर नेपाल फर्केका थिए । नेपाल फर्केपछी उनिहरु प्रहरी शरणमा पुगेको बताईएको छ । सोमबार बौद्धबाट फक्राउ परेका लाक्पा तेम्बालाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको अपराध महाशाखाले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS