युवाहरुले यसरी घेरा हाले भारतिय दुतावासलाई
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन भारतले हस्तक्षेपकारी भूमिका खेल्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष एमालेका युवा तथा विद्यार्थीहरुले भारतीय राजदुताबासमा विरोध प्रर्दशन गरेका छन् ।
नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप शैह्य नहुने भन्दै लैनचौर स्थित भारतीय दुताबास अगाडि विरोध प्रर्दशन सहित घेराउ गरिएको हो । प्रर्दशनमा सहभागीहरुले भारतले पटक पटक नेपालको मामलामा हस्तक्षेप गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनीहरुले संविधान संशोधन प्रस्ताव पारित गराउन भारतीय राजदुत रञ्जित रेले चलखेल गरेको भन्दै फिर्ता पठाउन सरकारसँग माग पनि गरेका छन । उनीहरुले संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नरहेको भन्दै तत्काल खारेज गर्न माग गर्दै सडक संघर्ष गर्दै आएका छन ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव एक महत्वपूर्ण कदम भएको भन्दै भारतीय राजदुताबासले विज्ञप्ती जारी गरेपछि त्यसको विरोधमा युवा संघ नेपाल र अनेरास्ववियूको अगुवाईमा सोमबार दुताबास घेराउ गरिएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्