सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्वीस बैंकमा २० नेपालीको ५४ अर्ब भएको खुलासा

खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय समूह (आइसीआइजे) ले पनामा पेपर्स प्रकाशित गरेको थियो ।

जसमा विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेको भन्ने खुलेको छ । जसमा २० नेपाली समेत रहेको उल्लेख थियो । तर ति को को हुन् र कति पैसा कसरी राखेका छन् भन्ने बारे केहि खुलासा भएको थिएन ।

आइसीआइजेको सहकार्यमा खोज पत्रकारिता केन्द्रले को–को थिए भन्ने खुलासा गर्ने भएको छ । केन्द्रले नेपाललिक्स नामको दस्तावेज सार्बजनिक गर्न लागेको हो । यसमा स्विस बैंकमा नेपालीले राखेको भनिएको ५४ अर्ब कसको नाममा रहेको छ सो बारेमा खुलासा हुनेछ ।

अबैध आर्जन गरी कसरी नेपालीले विदेशमा धन लुकाएका छन् । ट्याक्स हेवनको नेपाल नाता, शंकास्पद धनको नेपाल कनेक्सन, अबैध धनको पिछा लगायतका बिषय समेटिने केन्द्रले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्