पुर्वप्रेमीको लामो लिंगले यौनीमा क्षति पुगेको भन्दै मुद्दा
एक महिलाले आफ्ना पूर्वप्रेमी विरुद्ध अनौठो उजुरी गरेकी छिन् । पूर्व प्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो भेजिना (योनी)मा क्षति पुगेको उनको दाबी छ ।
सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया महिलाले ३७ वर्षका पूर्वप्रेमी मुगोभ कुरिमाविरुद्ध मुद्दा हालेकी हुन् । ती महिलाका अनुसार उनी उक्त क्षतिविरुद्ध शल्यक्रिया गर्न गइरहेकी छिन् ।
तर उनले यसको खर्च भने पूर्वप्रेमीले नै भर्नुपर्ने दाबी समेत गरेकी छिन् । यसको खर्च ८ हजार पाउन्ड अर्थात् नेपाली करिब १२ लाख रुपैयाँ लाग्नेछ । सोही खर्च भराउन ती महिलाले पूर्वप्रेमीलाई अदालतसम्म लैजान लागेकी हुन् ।
यो घटना जिम्बाबेको हो । जिम्बाबे मेलसँग सिलिण्डाइलले गरेको कुराकानीलाई उद्धृत गर्दै मिरर युकेले जनाएअनुसार उनको योनीमा पूर्वप्रेमीकै कारण क्षति पुग्नुका साथै बदलाव आएको छ । यो समाचारलाई युके कै द सन पत्रिकाको अनलाईन संस्करणले पनि प्रकासन गरेको छ ।
जसले उनलाई निकै असहज बनाएको उनको दाबी छ । यद्यपि पूर्वप्रेमीको लिंगको आकारबारे भने खुलिसकेको छैन । त्यस्तै उनका पूर्वप्रेमीले पनि यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्