संसोधन विद्येयकबारे सत्तारुढ दल नै अलमलमा
प्रमुख प्रतिपक्षको सहमतिविनै संविधान संशोधन अघि बढाएको सरकारले एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिकै आधारमा संशोधन विधेयक पारित गराएर अन्य राष्ट्रिय समस्याको हल गर्न चाहेको बताएको छ । सहमति जुट्नै नसकेको अवस्थामा भने संसदको निर्वाचन मार्फत विधेयकको टुङ्गो लगाउने सरकारको तयारी रहेको छ ।
संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा सहमति जुटेको खण्डमा एमालेसँग सहमति जुटाएर अघि बढ्ने तर सहमति नजुटेको अवस्थामा एमालेविना नै प्रक्रिया अगाडि बढाउने गृहकार्यमा सराकर जुटेको छ ।
एमाले संशोधनविरुद्ध सडक आन्दोलनमा ओर्लिएपछि सहमति जुट्ने सम्भावना क्षीण बनेको भन्दै सरकारले प्रतिपक्षी दलसँग भन्दा पनि मधेसी मोर्चासँग छलफल गरेर दुई तिहाइका आधारमा संशोधन विधेयक पास गराउने पक्षमा लागेको छ ।
उता सत्तारुढ दल कांग्रेसले सरकारले संशोधन प्रस्ताव दर्ता गराएको एक साता बितिसक्दा पनि पार्टीको आधिकारिक धारणा तय गर्न सकेको छैन । औपचारीक कार्यक्रममा विधिवत ढंगबाट विधेयक टुंगो लगाइनुपर्ने बताउँदै आएका कांग्रेस नेताहरुले संस्थागत धारणा तय गर्न नेतृत्वले बैठक नडाकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
कांग्रेसको प्रत्यक्ष सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता भए पनि त्यसमा पार्टीभित्रै धेरै नेताको विमति रहेको कांग्रेस नेता रामशरण महतले बताएका छन । उनले जनताको भावनाअनुरूप पार्टीले आधिकारिक निर्णय गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै प्रतिपक्षले पनि विधिवत प्रक्रिया (संसद्) बाटै टुंगोमा पु¥याउनुपर्ने बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्