मेलम्चीको पहेँलो पदार्थ सुन नभएको पुष्टि
मेलम्ची खानेपानी आयोजनाको हेडर्समा पहाड काट्ने क्रममा भेटिएको पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएको छ । गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहेँलो टल्कने पदार्थ फेला परेको थियो ।
सो पदार्थ सुन हुनसक्ने आशंकामा खानी तथा भूगर्भ विभागमा अन्वेषणका लागि पठाइएको थियो । विभागले गरेको प्रारम्भिक अध्ययनले सो पदार्थ सुन नभएको देखाएको छ । विभागका अनुसार प्रारम्भिक अध्ययन तथा अन्नेषणले सो वस्तु सुन नभएको प्रमाणित गरेको हो ।
स्रोतका अनुसार त्यहाँको भौगोलिक अवस्थाअनुसार सुन हुनसक्ने सम्भावना अत्यतै कम छ । उक्त वस्तु के हो भन्ने विषमा भने मंगलबार औपचारिक रुपमा जानकारी दिइने विभागले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्