१६ बर्षकी किशोरी बलत्कार गर्ने ४ जना पक्राउ
स्याङ्जाको बिरुवा गाँउपालिकाकी १६ बर्षिय वालिकालाई सामुहिक बलात्कार गर्ने चार युवालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । टेलिफोनबाट सम्पर्क गरि ललाई फकाई नजिकैको गाँउपालिका ५ स्थित छेउडाडामा बोलाएर डर धम्की समेत देखाई वालिकालाई सामुहिक करणी पछि उनीहरु भागेका थिए ।
घट्नाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुले प्रयोग गर्ने मोटरसाईकल सहित पक्राउ गरिएको सुचना अधिकारी प्रहरी निरिक्षक विजयकुमार सिंहले जानकारी दिएका छन् । माघ १ गते राती वालिकालाई सामुहिक बलत्कार गरेको खुलासा भएको छ ।
पक्राउ पर्नेमा जिल्ला तनहु शुक्लागण्डकी ४ बस्ने प्रशान्त थापा, सोही ठाँउ बस्ने विजय श्रेष्ठ र अन्जन श्रेष्ठ, सिन्धुली जिल्ला पिपलमाडी गाँउपालिका ३ घर भई सोही स्थानमा बस्ने बिक्रम राई रहेका छन् ।
प्रहरीले उनीहरुले प्रयोग गर्ने ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्वरको मोटर साईकल समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको जनाएको छ । प्रशान्त थापा सगँ ति बालिकाको टेलिफोनमा कुराकानी भइरहने र सो दिन प्रशान्त साथीहरु समेत लिएर गई उनी माथी करणी गरेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्