सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बुढोले जापानमा भाईबुहारी भगाएपछी रेखा नेपालमा

बैदेशिक रोजगारको लागि ६ बर्ष अगाडी जापान आईपुगेकी गायिका रेखा थापा मगर आफु अन्यायमा परेको भन्दै न्याय माग्न मिडियासामु पुगेकी छिन । केहि समय अगाडी देखी आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने र चक्कु देखाएर मार्ने धम्कि दिएको गायिका थापाले बताएकी छिन् ।

गायिका थापाका अनुसार सहँदै आउँदा पनि आफ्नै भाइबुहारीलाई भगाएको र यसो गर्नु अपराध भयो भन्दा उल्टो २ दिनमा मार्ने धम्कि दिएपछि उनि न्याय खोज्दै भागेर नेपाल गएकी हुन् ।

रेखाको एक छोरी छिन । छोरी ६ महिना देखि श्रीमानले बेपत्ता पारेको समेत उनले खुलासा गरेकी छिन । रेखाले आफ्नो भाई बुहारी भगाएपछि उल्टो आफ्नो भाइलाई समेत जापान जेलमा हालेको खुलेको छ ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/L_g28fmBjos" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>

युट्युव च्यानल प्रयास मिडियासँग अन्र्तवार्ता दिँदै उनले आफ्नो भाईलाई फसाएर जेल हालेको भन्दै भक्कानिएर रोएकी छिन् । रेखाले अन्र्तवार्ताकै क्रममा श्रीमानले आफ्नो ३ बर्षको तलव समेत सबै लिएको आफु नेपाल आउँदा पनि मगर संघको सहयोगमा आएको खुलासा गरेकी छिन् ।

अन्र्तवार्ताका क्रममा रेखाले आफु गायिका भएको र जापानमा बिभिन्न कार्यक्रममा गित गाउन बोलाउने हुँदा कार्यक्रमकै सिलसिलामा बिभिन्न व्यक्तिहरुसँग फोन कुराकानी हुँदा श्रीमानले बिभिन्न आरोप लगाई गालीगलौज र कुटपिट गर्ने गरेको पनि बताएकी छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्