सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोंगबुमा अभिलाष तामाङलाई प्रहरीले गोली हान्यो

काठमाडौंको गोंगबुमा एक जना हतियार कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । गोली हानी पक्राउ गरिएका हतियार कारोबारी काभ्रेका अभिलाष तामाङ हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी वसन्त लामाले प्रहरीमाथि जाइलागेपछि गोली चलाउनु परेको जानकारी दिएका छन् । प्रहरीले तामाङको साथबाट लोडेड पेस्तोल सहित त्यसमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको छ ।

हतियार कारोबारी भनिएका तामाङ गोंगबुको होटल नक प्रा.लि.मा हतियारसहित हिँडिरहेको सूचना पाएपछि परिसरबाट गएको टोलीसँग उनको जम्काभेट भएको थियो ।

त्यस क्रममा तामाङमाथि गोली हानिएको एसएसपी वसन्त लामाले बतााएका छन् । तामाङको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले बताइएको छ । घटनाको पुर्ण विवरण आउन बाँकी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्