सुधारगृहमा हाईभोल्टेजको करेन्ट लगाएर हत्या
लागुऔषध तथा मदिराको दुव्र्यसनिमा फसेका व्यक्तिलाई बिषेश उपचारबाट सामान्य जीवनमा फर्काउने उद्देश्यका साथ खोलिएका भनिएका अधिकाशं सुधार गृहहरु अमानबिय, क्रुर र यातनागृह भएको तथ्य पछिल्ला केहि घटनाले पुष्टि गरेका छन् ।
केही समय अघि काठमाडौ सुकेधारा स्थित ‘ट्रान्सफरमेशन नेपाल’ नामक सुधार गृहमा भएको अमानवीय व्यवहारको घटना मिडियामा सार्बजनिक भएको थियो । क्रुरुर यातनाबाट २२ जनाको उद्धार भएको केहि समयमा ललितपुरको एक सुधार गृहमा एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ ।
दोलखाका ४३ बर्षीय सिताराम घिमिरेलाई मदिराको लतबाट छुटाउनका लागि परीवारले माघ ३ गते मात्रै ललितपुर महालक्ष्मीस्थान ४ मा रहेको ‘वी केयर’ लागुऔषध पुन;स्थापना तथा सुधार केन्द्रमा राखेका थिए ।
त्यसको ३ दिन पछि एकाविहानै उनका छोरा साजन घिमिरेलाई सुधार केन्द्रबाट बाबु सिकिस्त रहेकाले तुरुन्त स्टार अस्पतालमा आउन खबर गरे । खबर पाएको केहि छिनमै अस्पतालमा पुग्दा बाबुको निधन भैसहेको थियो ।
चिकित्सकले समेत उनलाई अस्पताल ल्याउनु पूर्व नै निधन भैसकेको रिपोर्ट दिए । सिताराम घिमिरे सुधार भएर सामान्य जीवनमा फर्कीने आशामा सुधार गृह पठाएको परीवारमा ३ दिन भित्रै मृत्युको खबरले मर्माहत बनाएको छ ।
मृतकका आफन्त चन्द्र लामाका अनुसार मृतकको शरीरमा हाइ भोल्टको करेन्ट लगाएको घाउ, बायाँ खुट्टा र हात सुन्नीएर निलो भएको तथा शरीरका विभिन्न भागमा चोट देखिएका छन् । पोष्टमार्ट रिपोर्टमा समेत करङ भाँचिएको देखीएको छ ।
सुधार केन्द्रमा एउटै कोठामा रहेका प्रत्यक्ष दर्शीका अनुसार घिमिरेलाई कुटपीट पछि मुखमा कपडा कोचेर बाँधेर सुताइएको थियो । तर विहान हेर्दा हलचल नगरेपछि सुधार केन्द्र सञ्चालकलाई खबर गरेका थिए ।
सुधार केन्द्र सञ्चालक छिरिङ ग्याल्जेन र म्यानेजर सुनिल खड्का प्रहरी थुनामा छन् । घटना भएको सुरुका दिनमा सुधार गृहका तर्फबाट पीडित समक्ष गल्ती भएको स्वीकार गरेपनि अहिले ‘जे गर्न सक्छौ गर’ भन्ने खालका धम्कीहरु आउन थालेका छन् ।
साथै प्रहरीले समेत पटक–पटक जाहेरी परीर्वतन गर्न लगाउँदा घटना ढाकछोप गर्न लागिएको मृतकका आफन्तको आशंका छ । अहिले मृतकका परीवार काज क्रियामा व्यस्त भएका बेला सुधार गृहका तर्फबाट पावरवाला व्यक्तिहरुलाई कुरा गर्न लगाउने, धम्काउने गरेको आफन्तको आरोप छ ।
सिताराम घिमिरेलाई मासिक १५ हजार शुल्क लिएर सुधार केन्द्र राख्न सुरु गरे पनि सुधार गृहले लिएको पैसाको रसिद भने परीवारलाई दिएको छैन । प्रहरीले नै पटक पटक जाहेरी फेर्न लगाउनु र सुधार गृहवालाको तर्फबाट धम्की आउनुले मृतकका आफन्तले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्