सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

‘आमाले सोध्लीन नि’ जस्तै सुरजको ‘आएन परदेशी’

नेपाल आइडलको उत्कृष्ट ६ मा पुगेर बाहिरिएका प्रतियोगी सुरज थापाले ‘आएन परदेशी’ बोलको भावुक गीत सार्बजनिक गरेका छन् । गायक थापाले गितको म्युजिक भिडियो आफ्नो अफिसियल युट्युव च्यानल ‘सुरज थापा’ मार्फत सार्वजनिक गरेका हुन् ।

गितको भिडियोमा ग्रामिण परिवारको यथार्थ घटनालाई उतारिएको छ । गायक थापाले नै निर्देशक गरेको भिडियोले विदेशीएका नेपालीहरुको यथार्थ जीवन चित्रण गरेको छ । गायककै गृहजिल्ला कोहलपुर चिसापानीमा छायाँकन गरिएको भिडियो उत्तम हुमागाईंले छायाँकन गरेका हुन् ।

गीतमा गायक सुरज थापाकै शब्द, संगीत तथा एरेन्ज रहेको छ । भिडियोमा कलाकारहरु मनबहादुर थापा (बाबा), कवि राम थापा (जेठा बाबा), दिलमाया थापा (आमा), चन्द्रबहादुर थापा (दाजु), तारा थापा (बहिनी), आरुशी परियार, बाल कलाकारमा एञ्जल थापा (भान्जी), मनन थापा (छोरा), गौरव थापा (भाई), जुनु थापा (छोरी)को अभिनय रहेको छ ।

नेपाल आइडलको मञ्चमा ‘आमाले सोध्लीन नि खोई छोरा भन्लिन’ बोलको गित गाएर आम नेपालीको मनमुटुमा बस्न सफल गायक थापाले सोही विधाको लय र भाकालाई समेटेर यो गित तयार पारेका छन् । यो समाचार तयार पार्दासम्म थापाको यो गित युट्युवमा १ लाख ८६ हजार भन्दा बढीले हेरिसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS