जसले जिस्क्यायो, त्यो सकियो; आक्रोसित कांग्रेस
काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । शुक्रबारको संसद बैठकपछि प्रतिक्रिया दिदै सभापति देउवाले सभामुख कृष्ण बहादुर महराले विधेयक प्रस्तुत गर्ने क्रममा आफ्नो मर्यादा समेत भुलेको आरोप लगाएका छन् ।
उनले प्रतिपक्षको विरोधकाबीच सरकारले जवरजस्ती विधेयक पारित गरेकाले सरकारविरुद्ध काँग्रेसले सडक र सदनबाट आन्दोलन थाल्ने घोषणा गरेका छन् । बैठकपछि सञ्चारकर्मीहरुँग कुरा गर्दै सभापति शेरबहादुर देउवाले विपक्षीले वेल घेराउ गर्दागर्दै अधिनायकवादी शैलीबाट विधेयक पास भएको बताए ।
देउवाले भने–‘म प्रधानमन्त्री भएको बेला मनमोहन अधिकारीले वेल घेर्दा मैले वार्ता गरेर अगाडि बढेको हो । वार्ता गर्नुको साटो वेल घरेको बेला विधेयक पास गर्नुको साटो पास गरेको छ । यसबाट प्रष्ट भएको छ, यो सरकार अधिनायकवादी हो ।’
त्यस्तै काँग्रेसका सांसद गगन थापाले विधेयककका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवाद समेत नगरी दुई तिहाइको बलमा विधेयक पास गरिएको आरोप लगाएका छन् ।
उनले सत्तापक्षले निषेधको राजनीति गरेको भन्दै काँग्रेसले सडक र सदनबाट सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । थापाले सभामुख कृष्णबहादुर महराले प्रतिपक्षलाई संसद चलाउदिन भनेर ढाँटेर संसद चलाएको समेत आरोप लगाएका छन् ।
‘सरकार गोविन्द केसी मरेमरोस् भन्ने चाहान्छ । मुठभेड गर्न चाहान्छ । यस्तो अवस्थामा सरकार शक्तिशाली हो वा के हो ? कम्युनष्टि सरकारले गरेको कामको विरोधमा काँग्रेस जे पनि गर्न सक्छ । काँग्रेसलाई जसले जिस्क्याएको छ । अब त्यो सकिएको छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्