सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पोखरामा गुडिरहेकोे बसमुनि सडक भाँसीयो

pokharama-sadak-bhasiyara-faseko-bas

पोखराको चमेरे गुफा नजिकै मंगलबार बिहान नगर बस गुडिरहेको बेला सडक भाँसिएको छ । पक्की सडक भासिँदा पोखरा बस व्याबसायी समितिको ग १ ख ७०३३ नम्वरको गुड्दै गरेको बस खाल्डोमा अड्कीएको प्रहरीले जानकारी दिएको छ ।

नगर बस बिहान क्याम्पस जाने बिद्यार्थीहरुलाई लिन क्यूका लागि चमेरे गुफा गएको थियो । बिहान बस खाली भएको हुनाले खाडलको तल्लो भागसम्म जान नपाएको र ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जानकारी दिएको छ ।

भासिएको बसलाई क्रेनको सहायताले करिब ३ घण्टा पछि निकालिएको थियो । भासिएको क्षेत्रमा खानेपानीको पाइपको काम भइ रहेको छ । सो क्षेत्रमा गुफाहरु भएका कारण पनि सडक भाँसीएको हुन सक्ने स्थानीयको अनुमान छ ।

pokharam-sadak-bhasiyako1

तस्विर सौजन्य : दिनानाथ बराल

फेसबुकबाट कमेन्ट गर्नुहोस्